सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मधुमेहका रोगीले बदाम खान हुन्छ ?


  •    न्युजभित्तो/४ कार्तिक २०८१, आईतवार १५:०६ 
  • काठमाडौँ, ५  कात्तिक । कसैलाई एक पटक मधुमेह भयो भने के खानु हुन्छ के खानु हुन्न भन्ने प्रश्नले निकै पिरोल्छ । हरेक चिन्ताको एउटै हुन्छ, त्यो हो– खानामा रगतमा चिनीको मात्रा बढाइदिने वस्तु त पर्दैन । त्यसैले मधुमेहका बिरामीहरू सामान्य समयमा शरीरका लागि स्वास्थ्यकर हुने तर मधुमेहमा त्यसले कस्तो असर पार्छ भन्ने कुरामा प्रायः अन्योलमा रहन्छन् । यस्ता चीजहरूमा बदामको नाम पनि पर्छ । त्यसो भए मधुमेहको समस्या भएपछि पनि बदाम खान सकिन्छ ?

    मधुमेहका बिरामीले बदाम खान मिल्छ कि मिल्दैन रु हेल्थ लाइनमा प्रकाशित जानकारी अनुसार मधुमेहका बिरामीका लागि बदाम खानु हानिकारक हुँदैन । बदामको ग्लाइसेमिक इन्डेक्स र ग्लाइसेमिक लोड दुवै कम हुनु यसको मुख्य कारण हो । बदाममा पोषक तत्त्वहरू पनि प्रशस्त हुन्छन् । त्यसैले मधुमेहका बिरामीले आरामसँग बदाम खान सक्छन् ।

    के हो ग्लाइसेमिक इन्डेक्स ?

    कुनै पनि खाद्य वस्तुको ग्लाइसेमिक इन्डेक्स एकदेखि १०० सम्म मापन गरिन्छ । उच्च ग्लाइसेमिक इन्डेक्स भएका खानेकुराबाट मधुमेहका रोगीहरू टाढा रहनुपर्छ । उच्च ग्लाइसेमिक इन्डेक्स भएको खाना खाँदा रगतमा चिनीको मात्रा छिटै बढ्छ । किनकि उच्च जीआई भएको खानेकुराले शरीरमा ग्लुकोज छिटो बढाउँछ ।

    कति हुन्छ बदामको ग्लाइसेमिक इन्डेक्स ?

    अब बदामको ग्लाइसेमिक इन्डेक्सको कुरा गरौँ । बदामको ग्लाइसेमिक इन्डेक्स मात्र १४ छ, ग्लाइसेमिक लोड चाहिँ एक । त्यसैले मधुमेहका बिरामीका लागि बदाम फाइदाजनक मानिन्छ । तर यसलाई पनि सीमित मात्रामा मात्रै सेवन गर्नुपर्छ ।

    मुटुका लागि फाइदाजनक

    अरूको तुलनामा मधुमेहका बिरामीमा मुटु रोगको जोखिम बढी हुन्छ । त्यसैले मधुमेहका रोगीले आफ्नो खानपानमा मुटुको स्वास्थ्यका लागि फाइदाजनक हुने कुरामा ध्यान दिनुपर्छ । साथै, स्ट्रोकबाट बच्न पनि यस्तो आहारलाई प्राथमिकता दिनुपर्छ । बदाम खाँदा मुटुको स्वास्थ्यमा सुधार हुने यस्तो अवस्थामा अमेरिकन हार्ट एसोसिएसनले बताएको छ । अर्थात् बदामले मुटुको स्वास्थ्यलाई पनि बलियो बनाउँछ । यसमा पाइने मिनरल्स र फाइबरले मुटुलाई स्वस्थ राख्छ । यसका साथै फाइबरको सहयोगले रगतमा चिनीको मात्रा पनि नियन्त्रण रहन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.