सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तडकभडक नगरी चाडवाड मनाऔँ: महामन्त्री शर्मा


  •    न्युजभित्तो/१ कार्तिक २०८१, बिहीबार १२:०२ 
  • काठमाडौँ, १ कात्तिक । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तिहार, छठ लगायतका चाडपर्वहरु तडकभडक नगरी मनाउन आग्रह गरेका छन् । उनले दशैँ, तिहार, छठ, नेपाल संवत, उँधौली पर्व लगायतमा तडकभडक, फजुल खर्च बढी हुने गरेको भन्दै शान्त, संयम र आत्मीयताका साथ मनाउन आह्वान गरेका हुन् ।

    न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले दसैँ पर्व शुरु हुनुपूर्वको विपदबाट नेपालले ठूलो जनधनको क्षति व्यहोरेको भन्दै मृत आत्माको चीर शान्तिको कामना समेत गरे । शर्माले विपदमा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतक परिवारजनमा समवेदना समेत प्रकट गरे ।

    उनले शान्त र संयमसँग सामान्य चाडपर्वहरु मनउनुपर्ने समेत बताए । दीपावलीको दीपसँगै सबैको मनमा सकारात्मक सोचको भावको दीप जल्नुपर्ने बताए ।

    शर्माले भने, ‘दसैँ पर्व मनाउन सुरु गर्नुभन्दा दुई साता जति अघि मात्रै हामीले २ सयभन्दा बढी आफन्तहरुलाई गुमायौँ, बाढी र पहिरोको चपेटामा परेर । दसैँ मनाउँदै गर्दा हामीले शुभकामना आदानप्रदान त गर्यौँ । तर सँगै दिवंगत आत्माको शान्तिको कामना पनि गर्यौँ ।

    ती परिवारजनलाई यो बेला पनि सम्झौँ । जब तिहार मनाउने तयारी हामी गर्दैछौँ । शान्त र संयमसँग सामान्य रुपमा तिहार मनाऔँ । तडकभडक नगरीकन, फजुल खर्च नगरीकन चाडपर्व मनाऔँ । ती सबैको आत्माको शान्तिको कामना गर्दै हामी यी पर्वहरु मनाऔँ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.