सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुडानमा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ सय ३० नाघ्यो


  •    न्युजभित्तो/१० आश्विन २०८१, बिहीबार १२:३६ 
  • सुडान, १० असोज । सुडानमा हैजाका कारण ज्यान गुमाउनेको सङ्ख्या चार सय ३० नाघेको छ । हैजा प्रकोपका कारण झन्डै १४ हजार मानिस बिरामी भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । गर्भवती र बालबालिका सबैभन्दा धेरै प्रभावित भएकामा हैजाका कारण जनवरीदेखि अगस्टको बीचमा एक सय १४ गर्भवतीको ज्यान गएको रिपोर्ट सार्वजनिक भएको छ ।

    देशमा गृहयुद्ध चरिरहेकाले हैजामुक्त गर्न प्रयास गरे पनि सफल नभएको मन्त्रालयको भनाइ छ । सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिलोका अनुसार देशमा द्वन्द्वको अवस्थाका कारण आवश्यक परेकालाई स्वास्थ्य सेवा उपलब्ध गराउन निकै कठिन छ ।

    सुडानका स्वास्थ्यमन्त्री हैथम मोहम्मद इब्राहिमले गएको अगस्टमा हैजाको प्रकोप भएको घोषणा गर्नुभएको थियो । युद्धसँगै ठूलो वर्षा, बाढी र विस्थापित शिविरमा भीडभाडका कारण हैजाका बिरामी बढेका खबरमा उल्लेख छ । रोग फैलिन नदिन धेरै ठाउँमा विद्यालय र बजार बन्द छन् । गएको वर्षदेखि अहिलेसम्म यो द्वन्द्वमा डेढ लाख मानिसने ज्यान गुमाएका बीबीसी हिन्दीले जनाएको छ ।

    अप्रिल २०२३ देखि सुडानमा सेना र शक्तिशाली अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स ९आरएसएफ० बीच सत्ता संघर्ष चलिरहेको छ । जसका कारण झन्डै ९० लाख मानिसले आफ्नो घर छाड्नु परेको छ । त्यहाँ भोकमरीको त्रास पनि बढेको खबरमा उल्लेख छ । एजेन्सी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.