सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सर्वोच्चले दिएन दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश


  •    न्युजभित्तो/८ आश्विन २०८१, मंगलवार १४:४१ 
  • काठमाडौं, ८ असोज । सर्वोच्‍च अदालतले विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई छाड्न अस्वीकार गरेको छ।

    न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले मंगलबार उनलाई छाड्न अस्वीकार गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

    प्रसाईंका छोरा निराजनले सर्वोच्चमा सोमबार बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय र साइबर ब्युरोलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

    उक्त रिटमाथि सुनुवाई गर्दै मंगलबार १५ दिनभित्र विपक्षीका नाममा जबाफ पेस गर्न कारण देखाउ आदेश जारी गरेको हो। मेडिकल व्यवसायी प्रसाईंलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको भन्दै आइतबार पक्राउ गरेको थियो।

    उनलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरी तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिइएको थियो।

    उनले सामाजिक सञ्जालमा आपत्तिजनक अभिव्यक्ति दिएको र व्यक्तिको चरित्र हत्या गरेको उजुरीपछि प्रहरीले उनलाई पक्राउ गरिएको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.