सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कांग्रेसलाई अझै बढी जनताको समर्थन आवश्यक छ: देउवा


  •    न्युजभित्तो/७ आश्विन २०८१, सोमबार ११:५३ 
  • काठमाडौं, ७ असोज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई अझै बढी जनताको समर्थन आवश्यक रहेको बताएका छन्। सभापति देउवाले यो देशको मालिक जनता भएको बताए।

    ‘जनता यो देशको मालिक हो त्यसैले सार्वभौम सम्पन्न जनता भनिएको हो। जनताको समर्थन अत्यन्त आवश्यक हुन्छ,’ पार्टी कार्यालय सानेपामा आइतबार भएको मिश्रित निर्वाचन प्रणालीबारेको छलफलमा बोल्दै सभापति देउवाले भने, ‘कांग्रेसलाई अझ बढी जनताको पार्टी र उत्तरदायी पार्टी बनाउने काममा लाग्नुपर्छ।’

    उनले जनताको समर्थन बढ्दै गएमा आमचुनावमा कांग्रेसले एक्लै बहुमत ल्याउने पनि बताए।

    ‘कांग्रेसलाई अझ बढी जनताको पार्टी, उत्तरदायी पार्टी बनाउने काममा अहिलेदेखि नै लागे भोलिका दिनमा एक्लैले पनि बहुमत ल्याउँछ,’ सभापति देउवाले भने, ‘अहिलेको अवस्थामा एउटै पार्टीको बहुमत आउन धेरै गाह्रो छ। यो वास्तविकता हो।’

    उनले देश समावेशी, समानुपातिकको आधारमा समाजलाई लैजाने दिशामा अघि बढिरहेको पनि बताए। समानुपातिक र प्रत्यक्ष निर्वाचनको सम्बन्धमा केही समस्या रहेको भए पनि समावेशी अति आवश्यक रहेको उनको भनाइ छ।

    देशमा समावेशी प्रणाली मात्रै नभइ समावेशी समाज रहेको सभापति देउवाले बताए। समावेशीतालाई अझ बढी पारदर्शी र उत्तरदायी बनाउनुपर्ने उनले बताएका छन्। सभापति देउवाले समावेशीतालाई अझ बढी पारदर्शी, जनताको विश्वास प्राप्त गर्ने प्रणाली बनउन जरुरी रहेको पनि बताए।

    न्युज एजेन्सी नेपाल

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.