सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रवि लामिछानेलाई पक्राउ गर्ने प्रहरीको तयारी


  •    न्युजभित्तो/७ आश्विन २०८१, सोमबार ११:५० 
  • काठमाडौँ, ७ असोज । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ गर्ने तयारी गरेको छ।

    विभिन्न सहकारी संस्थाको रकम हिनामिना विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले बुझाएको प्रतिवेदनका आधारमा सरकारको निर्देशनमा प्रहरीले पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेलाई अनुसन्धानका लागि कास्की प्रहरीको आग्रहमा पक्राउ तयारी गरेको हो।

    प्रहरीले नियन्त्रणमा लिने तयारी गरेको सूचना दिएपछि लामिछानेले पार्टीका नेतासँग छलफल गरेका छन्। प्रहरीले आइतबार साँझ रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा रहेका लामिछानेलाई पक्राउ गर्ने सूचना दिएको थियो। सूचना पाएपछि उनले पार्टीका नेताहरूसँग आवश्यक निर्णय लिन र परिआएमा प्रतिवाद गर्न छलफल गरेका हुन्। प्रहरीले लामिछानेको निवास र रास्वपा पार्टी कार्यालय दुवै ठाउँमा निगरानी बढाएको छ।

    ‘कास्की प्रहरीमा सहकारीपीडितले रवि लामिछानेविरुद्ध जाहेरी दिनुभएको छ। त्यसकै आधारमा उहाँलाई पक्राउ तयारी गरिएको हो’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो। लामिछानेमाथि सहकारीको रकम ठगी गरेको, कागजात किर्ते गरेको, संगठित अपराध, सम्पत्ति शुद्धीकरण तथा कम्पनी रजिष्ट्रारको कार्यालयलाई छल गरेको आरोपमा अनुसन्धान हुने प्रहरीले जनाएको छ। स्रोतः नागरिक दैनिक

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.