सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकबारे परिणाममुखी छलफलः गृहमन्त्री लेखक


  •    न्युजभित्तो/२४ भाद्र २०८१, सोमबार १५:१९ 
  • काठमाडौँ, २४ भदौ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको नयाँ कानुन निर्माणको तयारीलाई तीव्र पार्नुभएको छ । उहाँले आइतबार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई गृहमन्त्रालय बोलाएर विधेयकको मस्यौदाबारे छलफल गर्नुभएको थियो । आइतबार नै गृहमन्त्री लेखकले यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ब्रिफिङ गर्नुभएको थियो ।

    नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको कानुनमा संशोधन विधेयकमाथि प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको उपस्थितिमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री लेखक, मुख्यसचिव एकनारायण अर्याल, दुवै मन्त्रालयका सचिव र दुवै सङ्गठनका प्रमुखसहित छलफल भएको थियो । बालुवाटारमा नयाँ कानुन निर्माण गर्ने विधेयकबारे सकारात्मक र परिणाममुखी छलफल भएको गृहमन्त्री लेखकले बताउनुभयो । मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकको समस्यौदा राय–पराशर्मका लागि अर्थ मन्त्रालयमा पठाएको छ । नेपाल प्रहरीको विधेयकको समस्यौदा दुई साताअघि तथा सशस्त्र प्रहरी बलको विधेयकको समस्यौदा बिहीबार पठाएको उहाँले जानकारी दिनुभयो ।

    गत साउन तेस्रो साता नै प्रहरी प्रधान कार्यालयमा प्रहरीसम्बन्धी विधेयकको समस्यौदा टुङ्ग्याउनु अघि गृहमन्त्री लेखकले प्रहरीका उच्च अधिकारीसँग राय लिनुभएको थियो । उहाँले विधेयकको मस्यौदा तयार गर्दा नेपाल प्रहरीका पूर्व प्रमुखहरुको पनि राय–सुझाव लिनुभएको थियो । यस्तै सशस्त्र प्रहरी बलको विधेयकको मस्यौदा टुङ्गो लगाउनुअघि गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी बलको मुख्यालय पुगेर उच्च अधिकारीसँग राय सुझाव लिनुभएको थियो ।

    “चाँडै नै प्रहरी ऐनलाई संसदमा लैजाने तयारी छ”, गृहमन्त्री लेखकले भन्नुभयो । अर्थ मन्त्रालयबाट सहमति आएपछि चाँडै कानुन मन्त्रालय पठाउने तथा मन्त्रिपरिषद्मा लैजाने उहाँले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.