सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

‘खानेपानीको विद्यमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ’


  •    न्युजभित्तो/२३ भाद्र २०८१, आईतवार १५:५३ 
  • वीरगञ्ज (पर्सा), २३ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्ज र आसपासका क्षेत्रमा देखिएको खानेपानीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

    जनता समाजवादी पार्टी (जसपा) वीरगञ्ज महानगरपालिका–१६ एकाइ समितिले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा मन्त्री यादवले जनतालाई स्वच्छ खानेपानी पुर्‍याउनु सरकारको पहिलो प्राथमिकता रहेको उल्लेख गर्नुभयो । विद्यमान खानेपानीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न मन्त्रालयबाट प्राथमिकताका साथ योजना अघि सारेको उहाँले बताउनुभयो ।

    “पानीको समस्याले जनतालाई सास्ती भइरहेको छ, यो विषयमा सरकार गम्भीर छ, दीर्घकालीन समाधानका लागि योजना बनाइरहेका छौँ”, मन्त्री यादवले भन्नुभयो, “हामीले यो विषयमा ध्यान केन्द्रित गरेका छौँ र शीघ्र समाधान हुनेमा प्रतिबद्ध छौँ ।”

    जनताको आशा र अपेक्षालाई सम्बोधन गर्न आगामी दिनमा थप प्रभावकारी योजनाहरु अघि बढाइने मन्त्री यादवको भनाइ छ । जसपाका उपमहासचिवसमेत रहनुभएका मन्त्री यादवले पार्टीको नीतिगत निर्देशनका आधारमा जनताको सेवा र कल्याणमा आफू निरन्तर सक्रिय रहेको बताउनुभयो । जसपाले आगामी चुनावमा जनताको समर्थन पाउन सक्नेगरी सङ्गठनलाई सुदृढ बनाइने उहाँको भनाइ छ ।

    कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले स्थानीय विकास र जनसेवामा आफ्नो पूर्ण समर्पण रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “वीरगञ्जको समृद्धि र विकासका लागि आफूसँगै सबै कर्मचारी निरन्तर क्रियाशील छौँ । जनताको समस्या समाधान गर्नु हाम्रो पहिलो प्राथमिकता हो ।”

    नगरप्रमुख सिंहले पार्टीको साझा उद्देश्यलाई साकार बनाउन कार्यकर्ता सबै एकतामा बाँधिएर जनताका आवश्यकतामा केन्द्रित भई काम गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा जसपा वीरगञ्ज महानगर समितिका सचिव फरिद आलम, जिल्ला सदस्य लालदेव यादव, वडा एकाइ समितिका अध्यक्ष अरुण यादव, सचिव श्यामसुन्दर चौरसिया, माजिद मियाँ, मुस्तफा आलम, कलिम मियाँ, प्रभु चौरसिया, सम्सुल हक मियाँ, आशिक आलमलगायत स्थानीय नेता र कार्यकर्ताको सहभागिता थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.