सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लक्ष्यअनुसार राजस्व उठिरहेको छैनः गृहमन्त्री लेखक


  •    न्युजभित्तो/१२ भाद्र २०८१, बुधबार १३:३३ 
  • काठमाडौँ, १२ भदौ । गृहमन्त्री रमेश लेखकले कुनै हालतमा लक्ष्यअनुसार राजस्व उठाउने बताएका छन् । बुधबार विहान अर्थमन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने बचनबद्धता व्यक्त गरेका हुन् ।

    ‘राजस्व लक्ष्यअनुसार उठिरहेको छैन । लक्ष्यअनुसार राजस्व उठाउने विषयमा गृहमन्त्रालयबाट अर्थमन्त्रालयले राखेको अपेक्षा अनुसार गृहमन्त्रालयले काम गर्छ,’ उनले भने, ‘त्यसका लागि मैले मेरो मन्त्रालयका वरिष्ठ अधिकृतहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरी दल नेपालका महानिरीक्षकज्यूहरुसँग छलफल गरेर राजश्व कुनै हालतले पनि बढाउनुपर्छ । प्रत्यक महिनामा मलाई प्रगति विवरण दिनुहोला भनेको छु । यसमा हाम्रो पूर्णरुपमा काम गर्ने बचनबद्धता छ ।’

    राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्धन्द्धमा बन्द भएका छोटी भन्सारहरु सञ्चालनमा ल्याउनुपर्नेमा गृहमन्त्री लेखकको जोड थियो । ‘भन्सार एकदक कम भए । मान्छेलाई पहिला भन्सार तिर्नका लागि उत्प्रेरित गर्नुपर्यो । त्यसपछि चोरी पैठारी नियन्त्रण गर्नुपर्यो । सशस्त्र द्धन्द्धको बेलामा हामीले साना भन्सारहरु ठूला भन्सारमा मिलायौं । तीनलाई यथास्थानमा स्थापित गरिदिऔं,’ उनले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.