सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री प्रचण्ड र पत्रकार न्यौपानेबीच भेटवार्ता, विदेशमा रहेका नेपालीलाई विभेद नगर्न आग्रह


  •    न्युजभित्तो/६ जेष्ठ २०८१, आईतवार ११:०२ 
  • काठमाडौँ, ६ जेठ । अमेरिकाबाट प्रकाशित नेपाली मूलधारको अनलाइन पत्रिका हिमालय खबर मिडिया इन्कका प्रबन्ध सम्पादक एवं नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निवर्तमान अध्यक्ष विकासराज न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

    भेटवार्ताका क्रममा पत्रकार न्यौपानेले अमेरिकामा विभिन्न पेसा व्यवसायसँगै पत्रकारितामा आवद्ध रहेका दुई सय बढी नेपाली मूलका पत्रकारहरुले नेपाल र नेपालीको समृद्धिका बारेमा कलम चलाउँदै आएको र उनीहरुको सोच र लगावलाई नेपाल र अमेरिकाबीचको सम्बन्धमा उपयोग गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् ।

    उनले प्रधानमन्त्री प्रचण्डसँग नेपालबाहिर बस्ने प्रवासी नेपाली र नेपालसँगको सम्बन्ध, त्यो सम्बनधको अर्थ र प्रभावहरुबारे अवगत गराएका थिए । पत्रकार न्यौपानेले आफूजस्तै नेपालबाहिर बस्ने लाखौँ नेपालीका दुईवटा आमा स् एउटा जन्मदिने आमा र अर्को मातृभूमि रहेको स्मरण गराउँदै आफूहरु सीमाविहीन माया, लगाव र भावुकतामा रहेको तर सरकारले त्यसको कत्ति पनि हिसाब नराखेको गुनासो पोखे ।

    नेपाली बिदेसिएसँगै देश छोडेको भाष्य निर्माण सरकारी तहबाटै भइरहेको भन्दै उनले विदेशमा रहेका नेपालीको साइनो रेमिट्यान्सको मात्र नरहेको उल्लेख गरे । उनले प्रधानमन्त्रीसमक्ष भनेका छन्, ‘तपाईं आज राजनीति र जीवन दुवैको उत्तराद्र्धमा हुनुहुन्छ । मेरो आग्रह छ, तपाईंले व्यक्तिगत र राजनीतिक जीवनको ऐतिहासिक निर्णय गर्नुहुनेछ ।’

    ‘नेपाली जहाँ गएर बसे पनि ती हाम्रै हुन् र रहिरहनेछन् त्यसैले ढुक्क भएर दोहोरो नागरिकता दिनुहोस्, यसको धेरै ठूलो र दीर्घकालीन मह¤व छ’, उनले भने, ‘सुरक्षा थ्रेट भएको अमेरिकाले ६२ देशका नागरिकलाई दोहोरो नागरिकता दिएको छ भने नेपालीलाई नेपाली मान्न अप्ठ्यारो मान्नुपर्ने कुनै कारण छैन ।’

    पत्रकार न्यौपानेले प्रवासी नेपालीलाई विभेदबाट मुक्त गरिदिन आग्रह गरेका छन् । उनले नेपालमा जग्गा किनबेच गर्न खोज्दा मालपोत कार्यालय चितवनले गैरआवासीय नेपाली नागरिकता स्वीकार नगरेको र नेपाली नागरिकसरहको हदबन्दीमा जग्गा किनबेच गर्न नदिएको गुनासो पोखे ।

    भेटवार्ताका क्रममा प्रधानमन्त्री दाहालले गैरआवासीय नेपाली नागरिकताको थप कार्यान्वयन गर्ने विषयमा प्रतिबद्धता व्यक्त गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.