सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु


  •    न्युजभित्तो/२ बैशाख २०८१, आईतवार १२:४० 
  • काठमाडौँ, २ वैशाख । सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने नाराका साथ शैक्षिकसत्र-२०८१ का विद्यार्थी भर्ना अभियान आजदेखि देशभर सुरु भएको छ ।

    अभियानको पहिलो दिन आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका शिक्षा तथा मानवस्रोत विकास केन्द्रले अभियान सफल बनाउन स्थानीय तह र सम्बन्धित निकायलाई आग्रह गरेको छ ।शिक्षामन्त्री सुमना श्रेष्ठको उपस्थितिमा भर्चुअल माध्यमबाट अन्तरक्रिया गरी केन्द्रले सबै स्थानीय तहका शिक्षा प्रमुख, इकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घलाई आग्रह गरेको हो ।

    मन्त्री श्रेष्ठले शिक्षा पाउने नागरिकको संवैधानिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध भएकाले सबैले सहयोग गर्न आग्रह गर्नुभयो । अभियानकै अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं जन्मसिद्ध मौलिक अधिकार भएकाले यसलाई कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ ।

    केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि तीनै तहका सम्बन्धित निकायमा पठाएको छ । केन्द्रका महानिर्देशक दीपक शर्माले विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरी विद्यार्थी भर्नाको शुभारम्भ गरिने जानकारी दिनुभयो ।

    यसैगरी यही वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, सूचना र आह्वान, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व ग्रहणका लागि आह्वान गर्ने कार्यक्रम छ । अभियानअन्तर्गत यही वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गराइनेछ । वैशाख १० गतेसम्म भर्ना भएका विद्यार्थीलाई सोही दिन पोसाक र छात्रवृत्ति वितरण गरिनेछ ।

    वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय इकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालयमा पठाइने छ । अधिकांश निजी लगानीका विद्यालयले वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन् । केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार हाल पूर्व प्राथमिक तहको कूल भर्नादर ९४ दशमलव ९ प्रतिशत पुगेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.