सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साहित्यका पारखी बालकृष्ण


  •    न्युजभित्तो/१५ चैत्र २०८०, बिहीबार १२:१२ 
  • काठमाडौँ, १५ चैत । “तिम्रो नाममा पहिलोपल्ट पत्र कोर्दै र्छु, पत्रको उत्तर नआए काँचुली फेर्दैछु”, सहित्यकार वालकृष्ण थपलिया (प्रयत्न) को ‘हृदयका पानाहरु’ नामक गजल सङ्ग्रहबाट लिइएका यी हरफहरुले सूचना प्रविधिको अत्याधुनिक विकास हुुनुअघि पत्र लेख्ने समयको स्मरण गराउँछन् ।

    शिक्षण पेसामा सक्रिय रहनुभएका साहित्यकार थपलियाका उक्त गजल सङ्ग्रहमा समाजका विविध पाटोलाई समेटेर लेखिएका ९० वटा गजल समेटिएका छन् । गजलमा माया, प्रेम, भ्रष्टाचाररहित समाज, शिक्षाको महत्व, समाजको विकास, विकृति÷विसङ्क्तिमुक्त समाजको निर्माणको कल्पना गरिएको छ ।

    “हृदयका पाना गजल सङ्ग्रहमा मानिसका मनमा उब्जिएको संयोगान्त र वियोगगान्तका विविध भावहरुलाई गजलका रुपमा पस्किन ओजिएको छ”, साहित्यकार थपलियाले भन्नुभयो, “मानिसका जीवनमा आइपर्ने र भइरहेको घटनालाई शृङ्गारिक बनाइएको छ, जसले समाजको वास्तविकता चित्रण गरेको छ ।”
    साहित्यकार थपलियाका पाँच कृति प्रकाशन भइसकेका छन् । त्यसमध्ये ‘हृदयका पानाहरु’ गजल सङ्ग्रह २०६९, ‘बस्तीका स्वरहरू’ गजल सङ्ग्रह २०७१, ‘फेसबुक’, लोकगीत सङ्ग्रह २०७१, ‘स्वै त बालअधिकार रु बालगीति कविता सङ्ग्रह २०७२, विभिन्न पत्रपत्रिका र पुस्तकहरूमा फुटकर रचना प्रकाशित भएका छन् भने आमा (उपन्यास) प्रकाशोन्मुख छ ।

    साहित्यकार थपलियाको अर्को गजल सङ्ग्रह बस्तीका स्वरहरुमा हरेक बस्तीमा आफ्नै संस्कार र संस्कृति तथा भावना जोडिएको विषयलाई प्रस्तुत गर्न खोजिएको छ । “मानिस सामाजिक प्राणी हो, उसलाई समाज चाहिन्छ, समाजमा आफ्नै चालचलन, भावना संवेदना, संस्कार संस्कृति हुन्छ”, उहाँले थप्नुभयो, “हरेक बस्तीमा मानिसका भावना जोडिएको हुन्छ, त्यसले मानिसलाई एकापसमा जोड्ने काम गरेको हुन्छ, समाजका त्यही विषयमा गजलमार्फत प्रस्तुत गरिएको छ ।

    साहित्यकार थपलिया २०४१ वैशाख १४ गते भीमेश्वर नगरपालिका वडा नं १ सुस्पा क्षमावती दोलखामा बाबु कृष्णप्रसाद थपलिया र आमा सीतादेवी थपलियाका सन्तानका रुपमा जन्मिनुभएको हो । नेपालीमा स्नातकोत्तर गर्नुभएका उहाँ असल दर्शनको खोजी र साहित्य सिर्जनामा रुची राख्नुहुन्छ । उहाँलाई शिक्षण, पत्रकारिता, गायन र समाजसेवामा पनि उत्तिकै रुचि छ ।

    ‘फेसबुक’, लोकगीत सङ्ग्रहमध्येमा उहाँको अर्को लोकगीत सङ्ग्रह हो । “गाउँमा फेसबुक भर्खरै चलाउन सुरु भएको थियो”, साहित्यकार थपलियाले उक्त सङ्ग्रहको एक टुक्रा सुनाउँदै भन्नुभयो, “सँगै जिउने सँगसँगै मर्ने हो, दुई वर्ष भो फेसबुकमा च्याट भाको अब बिहे गर्ने हो ।” उहाँले लोकगीतको आफँैले शब्द सिर्जना गरेर आफैँले गाउनुभएको छ । आफ्नो शिक्षकको जिम्मेवारी पूरा गरिसकेपछि बाँकी भएको समयमा उहाँ साहित्य सिर्जनामा लाग्नुहुन्छ । साहित्यकार थपलियाको प्रकाशोन्मुख कृति आमा ९उपन्यास० रहको छ ।

    “आमा उपन्यास गाउँ, टोल र छरछिमेकमा आमाले आफ्ना सन्तानलाई गर्ने माया, ममता, आमाहरुले भोग्नुभएको दुःख पीडा, अप्ठेरा, असजिलाहरुलाई आमाको ममताले समाजमा कस्तो भूमिका निर्वाह गरिरहेको छ”, उहाँले थप्नुभयो, “ग्रामीण परिवेशमा जन्मि हुर्की गरेर दुःखका साथ जीवन बिताउने ग्रामीण आमाको सामाजिक, भावनात्मक र वैचारिक विषयवस्तु समेटिएको छ, आमाभित्र हुने सद्भाव, सत्प्रेमलाई उपयान्समा समेट्न खोजिएको छ ।”

    राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग भेट गरेर कुराकानी गर्ने मौका मिलेपछि उहाँलाई बालगीत सङ्ग्रह निकाल्ने प्रेरणा मिल्यो । “राष्ट्रकवि माधवप्रसाद घिमिरेसँग २०७१ साल चैत १७ गते उहाँको निवास ठमेलमा भेट्ने अवसर पाए”, साहित्यकार थपलियाले थप्नुभयो, “उहाँकै आर्शिवचनअनुसार बाल गीत सङ्ग्रह प्रकाशन गरेको छु ।”

    बालअधिकारबाट वञ्चित भएका विषयवस्तु, उनीहरुले भोग्नुपरेका दुःख, पीडा, अप्ठेरा र असजिलापनलाई अधिकार स्थापना गर्न प्रेरणा मिलोस तथा भावी जीवन सुखमय बनोस् भन्ने उद्देश्यका साथ लेखिएको उक्त सङ्ग्रहमा ७५ बाल गीति कविता समेटिएको छ ।

    बाल्यकालदेखि नै साहित्यमा रुचि राख्ने थपलियालाई समाजमा रहेका विभेद अन्त्य गर्ने सहयोग पुग्ने र समाजलाई सुधार गर्न प्रोत्साहन गर्ने साहित्य सिर्जना गर्न राम्रो लाग्छ । उहाँको हृदयका पानाहरु गजल सङ्ग्रहमा भनिएको छ, “अरुलाई दुःख पर्दा कोही पनि हाँस्न हुन्न, आफ्नो संस्कृतिलाई कसैले पनि मास्न हुन्न । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मुलुकको आर्थिक समृद्धिका लागि होटल व्यवसायीको महत्त्वपूर्ण भूमिका छः महामन्त्री घिमिरे
    ्सरकारी सेवा प्रभावकारी बनाउन सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन
    मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव माग
    • अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्यःसञ्चारमन्त्री तिमिल्सिना
    • इलाका प्रशासन कार्यालय रास्कोटबाट सोमबारदेखि सेवा सुरु हुने
    • वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
    • ‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी हुन्छ: आयल निगम

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.