सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वीर अस्पतालमा आउने बिरामीले गुनासो गर्ने अवस्था आउनुहुन्नः प्रधानमन्त्री


  •    न्युजभित्तो/२६ पुष २०८०, बिहीबार १३:५१ 
  • काठमाडौँ, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वीर अस्पताल स्वास्थ्य क्षेत्रको आधारस्तम्भ भएकाले उपचारका क्रममा बिरामीले गुनासो गर्ने अवस्था नआउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

    प्रधानमन्त्री दाहालसँग चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स|)का पदाधिकारीसँग आज भएको छलफलमा उहाँले वीर अस्पतालबाट जनताले प्राप्त गर्ने सेवाबाट देशको स्वास्थ्य चित्र देखिने भएकाले पनि वीर अस्पतालको सेवा गुणस्तरीय र सुलभ हुनुपर्ने बताउनुभयो ।

    वीर अस्पतालले माग गरेको स्रोतसाधन उपलब्ध गराउन सरकार प्रयासरत रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भन्नुभयो, “बिरामीलाई गुणस्तरीय सेवा दिनुहोला, उपचारका क्रममा उहाँहरूले गुनासो गर्ने अवस्था आउनु भएन ।” वीर अस्पतालले परम्परागत तवरलेभन्दा पनि जनताले अनुभूत गर्नेगरी आफ्ना सेवा उपलब्ध गराउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    कुलपति नियुक्ति प्रक्रियामा आफूले छलफल चलाएको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बन्धित क्षेत्रकै विज्ञ कुलपति हुने व्यवस्था गरिने विश्वास दिलाउनुभयो ।

    छलफलमा न्याम्सका उपकुलपति डा भूपेन्द्रकुमार बस्नेतले अस्पतालमा बिरामीको चाप अत्यधिक रहेको जानकारी गराउँदै वीर अस्पताललाई आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    धानमा गवाँरोे र मकैमा फौजीकिरा
    अरनिको राजमार्ग विस्तारः सामग्रीको मूल्यवृद्धिले निर्माण सुस्त
    लागुऔषधसहित विभिन्न स्थानबाट बाह्र जना पक्राउ
    • सभापति थापाद्वारा लोकतन्त्र दिवसको शुभकामना
    • सार्क विकास प्रतिवेदनमा साझा सहमति
    • पालिकाबाटै करसम्बन्धी सेवा प्रवाह
    • चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.