सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कलेज कोटामा लेनदेन भएको विषय आपत्तिजनक भएको भन्दै छानबिन गर्न कोइरालाको माग


  •    न्युजभित्तो/७ भाद्र २०८०, बिहीबार १६:४० 
  • चितवन,७ भदौ । नेपाली कांग्रेसका नेता दिनेश कोइरालाले नारायणगढको बालकुमारी कलेजमा कोटामा लेनदेन भएको विषय आपत्तिजनक भएको भन्दै छानबिन गर्नुपर्ने बताएका छन् । कोइरालाले आज एक विज्ञप्ति प्रेषित गर्दै बालकुमारी कलेजमा भर्ना हुन विभिन्न कोटा हुन्छ भन्ने बारेमा छानबिन हुनुपर्ने बताएका हुन् ।बुधबार बालकुमारी कलेजको नर्सिङ भवनको विवादको बिषयमा सार्वजनिक रुपमा एक स्थानियले कोइरालाको कोटामा एक व्यक्तिलाई पैसा दिएको आरोप लगाएका थिए । सो कुराको खण्डन गर्दै नेता कोइरालाले विज्ञप्ती निकालेका हुन् ।

    विज्ञप्तिमा उनले आफ्नो नाममा कुनै कोटा नभएको र कोटामा लेनदेन पनि नभएको स्पष्ट पारेका छन् । कोइरालाले यसबारेमा जरासम्म छानबिन हुनुपर्छ भन्दै कोटा छुट्याउनेहरु, कोटा पाउनेहरु, कोटामा लेनदेन गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउपर्ने विज्ञप्तिमार्फत् माग गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘जहाँसम्म मेरो नाम उच्चारण गरिएको विषय छ, म क्लिन छु । मेरो नाम कसैले दुरुपयोग गर्छ भने मैले सहने कुरै आउँदैन । मैले यसका लागि कानुनी उपचारमा समेत जानुपर्ने सम्बन्धित सबैलाई चेतावनी दिन चाहन्छु । सदाचारिता, पारदर्शिता, आर्थिक र नैतिक मामिलामा म कहिले पनि चुकेको छैन र भविष्यमा पनि चुक्ने छैन ।

    कोइरालाले विज्ञप्तिमा बालकुमारीका विद्यार्थीको भविष्यमा खेलवाड गर्न नहुने भन्दै विद्यार्थीको भविष्यको सुनिश्चितताका लागि सबै मिलेर ठोस कदम चाल्नुपर्ने बेला आएको बताएका छन् । उनले भनेका छन्, ‘शिक्षाको मन्दिरमा पापी काम कसैले गर्छ भने त्यो क्षम्य हुन सक्दैन ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.