सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मान्छे छाडेर गाडीको पछाडि लाग्न थाले, ब्लु बसमा समस्या छैन : रवि लामिछाने


  •    न्युजभित्तो/२१ श्रावण २०८०, आईतवार १३:०५ 
  • काठमाडौं,२१ साउन । राष्ट्रि स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महिलाका लागि सञ्चालित ब्लु बसबारे आएका समाचारप्रति असन्तुष्टि जनाएका छन् । ब्लु बसमा कुनै समस्या नभए पनि नियोजित रूपमा समाचार बनाएर आफूलाई खेदिएको उनको आशय छ ।

    ‘ब्लु बसमा पनि कुनै समस्या छैन। मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि ? भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला,’ लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ।

    लामिछानेले गत साताबाट चितवनमा महिलाका लागि ब्लु बस सञ्चालनमा ल्याएका छन् । यसअघि अर्कै रङमा रहेको बसको स्वरूप परिवर्तन गर्न यातायात कार्यालयको अनुमति लिनुपर्नेमा  नलिईकन ब्लु पारिएको पाइएपछि विभिन्न सञ्चारमाध्यमले यसबारे समाचार बनाएका थिए ।

    त्यस्तै, मोबाइल क्लिनिक पनि यथावत् सञ्चालन हुने उनले प्रष्ट पारेका छन् । यसअघि पुरानो मेडिकल कलेजको एम्बुलेन्स लिएर रविले आफू निर्वाचित भएको १०० दिनको अवसरमा उक्त सेवा सञ्चालन गरेकोमा विवाद भएपछि मेडिकललाई नै हस्तान्तरण गर्न लागिएको छ । लामिछानेले गाडी परिर्वतन गरेर सेवा यथावत् दिन लागिएको जानकारी दिए । उनका अनुसार, छिट्टै २ वटा सवारीबाट यस्ता दिइनेछ ।

    ‘मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालू छ। आज जुगेडी क्षेत्रमा बाआमाको सेवामा हुनेछ। यो रोकिने होइन, छिट्टै २ वटा हुन्छ,’ लामिछानेले सामाजिक सञ्जालमा यसबारे प्रष्ट पारेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.