सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नियमित पानी परेसँगै डेंगु संक्रमित बढ्न थाले, थप सचेत रहन आग्रह


  •    न्युजभित्तो/९ श्रावण २०८०, मंगलवार १५:३४ 
  • काठमाडौं,९ साउन । नियमित पानी परेसँगै डेंगु संक्रमित बढ्न थालेको भन्दै काठमाडौँ महानगरपालिकाले थप सचेत रहन आग्रह गरेको छ। अहिलेसम्ममा कामपामा दश जनामा सङ्क्रमण देखिएको भन्दै कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले नियमित पानी परेकाले आगामी दिनमा संक्रमितको सङ्ख्या बढ्न सक्ने भन्दै सचेत रहन सबैलाई आग्रह गरे। 

    अघिल्लो हप्तासम्म यस रोग नियन्त्रणका लागि हप्तामा एक पटकमात्र लार्भा खोज र नष्ट गर अभियान सुरु गरेको कामपाले अहिले हरेक दिन यस्ता किसिमका कार्यक्रम गरिरहेको जनाएको छ। अहिले विभिन्न सङ्घसस्था र कामपाको संयुक्त रुपमा पानी जमेको स्थानको खोजी गर्ने र उक्त स्थानमा रहको लामखुट्टेलाई नष्ट गर्ने काम गरिरहेको विभागका प्रमुख पौडेलले जानकारी दिए।

    नियन्त्रणकै लागि कामपाले विभिन्न किसिमका अभियानलाई तीव्रता दिइरहेको छ। कोही संक्रमित भइहाले वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत सिटामोल र जीवनजलको सहज उपलब्ध गराइएको पनि उहाँले जानकारी दिए। कामपा–१, ७, ८, १४, १९ र २६ स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालन भइरहेको छ। सरसफाइमा काम गर्ने कर्मचारीहरु र स्वास्थ्य स्वयम्सेवीका मार्फत नियन्त्रणका लागि निगरानी बढाइरहेको प्रमुख पौडेलले बताए।

    विगतका वर्षमा जस्तै यस वर्ष पनि उक्त सङ्क्रमण थप फैलन सक्ने भएकाले समयमा नै रोकथाम तथा नियन्त्रण गर्न लागेको पौडेलले बताए। उनका अनुसार उक्त कार्य गर्न नगर प्रहरीमार्फत टोलटोलमा डेङ्गुबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने तथा वडास्तरमा गठन भएको द्रुत प्रतिकार्य टोलीसमेत परिचालन भएका छन्।

    सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र क्लिनिकमा कार्यरत स्वास्थयकर्मी, स्वास्थ्य स्वयम्सेविका, सरसफाइमा काम गर्ने सरसफाइकर्मीले आ˗आफ्नो टोलटोलमा गई पानी जमेको स्थानमा कुचो वा अन्य साधनको प्रयोग गरी पानी हटाउने, वर्कशप तथा टायर लगायतमा पानी जम्न नदिने काम भइरहेको छ।

    एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगका विरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता लक्षणहरू देखापर्दछ। टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने, शरीरमा विविरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने यसको मुख्य लक्षण हो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.