सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हाम्रै पार्टीका सबै शुद्ध छन् भन्ने छैन, तर प्रधानमन्त्रीको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियानलाई सफल पार्छौँ: गृहमन्त्री श्रेष्ठ


  •    न्युजभित्तो/९ श्रावण २०८०, मंगलवार १२:२७ 
  • काठमाडौं,९ साउन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा संलग्न रहेकालाई कारबाही गरेर छाड्ने बताएका छन्। गोरखामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्रीकै निर्देशनमा विमानस्थलका सबै निकायलाई समन्वय गरेर अगाडि बढ्ने तयारी भएको बताए।

    उनले भने, ‘सुन प्रकरणलाई हामीले गम्भीर रूपमा लिएका छौँ। त्यसैको आधारमा छलफलको आधारमा नयाँ ढंगले व्यवस्थापन गर्ने योजना बनाउँदै छौं।’ सुशासनको पक्षमा प्रधानमन्त्रीको नेतृत्वमा सरकार दृढतापूर्वक अघि बढ्ने बताए।

    उनले भने, ‘सुन प्रकरणमा हामीले समग्र अनुसन्धान गर्दैछौं। अनुसन्धानलाई जरैसम्म पुन निर्देशन दिएका छौँ। त्यसका आधारमा सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ।’ उनले भ्रष्टाचारीहरूको सञ्जाल ठुलो भएकाले आफूले अभियान चलाउनुपरेको बताए। भ्रष्टाचारविरोधी अभियानलाई रोक्ने प्रयास हुनु स्वभाविक भएको बताउँदै त्यस्ता प्रयासलाई असफल पार्ने बताए।

    गठबन्धन भित्रैबाट पनि प्रयास भइरहेको भन्ने चर्चा छ नि भन्ने प्रश्नमा उनले भने, ‘हुनसक्छ। हाम्रो पार्टी नै शुद्ध हुन्छ भन्ने छैन । नेपाली कांग्रेससहितको गठबन्धन शुद्धैशुद्ध छ भन्न सकिँदैन। तर, प्रधानमन्त्रीको नेतृत्वमा भ्रष्टाचार विरोधी अभियानलाई सफल पार्छौँ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.