सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तोडमोड गरि राखिएको अभिव्यक्तिले कसैको मनोभावनामा चोट पुगे क्षमा माग्छु : डा तोसिमा


  •    न्युजभित्तो/२८ असार २०८०, बिहीबार १०:२६ 
  • चितवन,२८ असार । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा तोसिमा कार्कीले तोडमोड गरि राखिएको अभिव्यक्तिले कसैको मनोभावनामा चोट पुगेमा क्षमा मागेकी छन् । प्रधानमन्त्री पत्नि सीता दाहालको निधनपछि श्रद्धाञ्जली दिन पेरिसडाँडा पुगेकी कार्कीले सञ्चारकर्मीसँग बोल्ने क्रममा प्रचण्डले पत्निलाई ख्याल गर्न नसकेको टिप्पणी गरेकी थिइन् ।

    श्रद्धाञ्जली दिन जाँदा पनि कार्कीले राजनीतिक टिप्पणी गरेको भन्दै सामाजिक सञ्जालमा उनको आलोचना भएको छ । आफ्नो आलोचना भएपछि फेसबुकमा लेख्दै कार्कीले भनेकी छन्, ‘पुरा भिडियो सुन्नुहुन आग्रह गर्न चाहन्छु्र ,साथै तोडमोड गरि राखिएको अभिव्यक्तिले कहिँ कसैको मनोभावनामा चोट पुग्न गएकोमा समेत क्षमा माग्दछु्र ।’

    मिडियाकर्मीले लिएको भिडियोलाई तोडमोड गरी सामाजिक सञ्जालमा राखिएको उनको दाबी छ ।

    त्यसअघि उनले लेखेकी छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यु की धर्मपत्नी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार आदर्णिय आमा सीता दाहालको असामयिक निधनले समग्र देश वासीलाई मर्माहित तुल्याएको छ । जीवनभर संघर्ष, त्याग, योगदान गरी आफ्नो श्रीमान तथा समग्र पार्टीकै खम्बा बनेर निरन्तर यो व्यवस्थाको लागी दिनुभएको योगदान लाई ईतिहासले सम्झनुपर्छ । उहाँले आफ्नो जीवनभर विना स्वार्थ विना कुनै पद र सम्मानको लोभ, गर्नुभएको योगदान प्रति नतमस्तक छौँ । सम्मानीत उहाँ प्रति हार्दिक श्रद्दान्जली अर्पण गर्दै प्रधानमन्त्रीज्यु र समग्र परिवारलाई विचलित नभई यो दुखद धडिको सामना गर्न शक्ति मिलोस् भनि कामना गर्न चाहान्छु ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.