सीता दाहालको निधनप्रति अध्यक्ष ओलीद्वारा दुःख व्यक्त
न्युजभित्तो/२७ असार २०८०, बुधबार १२:०४
काठमाडौं,२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत् एक सन्देश जारी गर्दै ओलीले दाहालको निधनले आफू अत्यन्त दुःखी भएको बताएका छन्।
पूर्वप्रधानमन्त्री ओलीले दिवंगत दाहालप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डसहित शोकाकुल परिवारमा समवेदना व्यक्त गरेका छन्।