सिद्धान्त र विचारमा मात्रै होइन एमाले व्यवहारमा पनि उत्तिकै अब्बल छः सचिव भट्टराई
न्युजभित्तो/२२ असार २०८०, शुक्रबार १५:०२
बारा,२२ असार। नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले देशको सबैभन्दा अब्बल पार्टी रहेको बताएका छन् । पार्टी कामको शीलशीलामा रौतहट जान लागेका नेता भट्टराईले निजगढमा आयोजित पार्टी कार्यकर्ताहरु भेटघाट र परिचयात्मक कार्यक्रममा उनले एमालेमा सिद्धान्त र व्यवहारको दृष्टिकोणले देशको सबैभन्दा अब्बल पार्टी रहेको बताएका हुन् ।
‘सिद्धान्त र विचारमा मात्रै होइन एमाले व्यवहारमा पनि उत्तिकै अब्बल छ, उनले भने,’पार्टीले अङ्गीकार गरेको जनताको बहुदलीय जनवाद मार्सवादको सृजनात्मक सृजनात्मक प्रयोग हो र विश्वका अन्य धेरै देशमा यसलाई अपनाउन थालिएको छ ।’ उनले पार्टीको सिद्धान्त र व्यवहार सही भएकोले नै अहिले एमाले देशको सबैभन्दा लोकप्रिय दलको रूपमा रहेको पनि बताए । ‘एमाले जनताको मनमा बसेको पार्टी हो, उनले भने, गत संसदीय निर्वाचनमा विपक्षीहरूको गठबन्धनका बाबजुद जनताले एमालेलाई मत दिएर समानुपातिकतर्फ सबैभन्दा ठुलो दल बनाएका हुन् ।’
बारा,२२ असार। नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एमाले देशको सबैभन्दा अब्बल पार्टी रहेको बताएका छन् । पार्टी कामको शीलशीलामा रौतहट जान लागेका नेता भट्टराईले निजगढमा आयोजित पार्टी कार्यकर्ताहरु भेटघाट र परिचयात्मक कार्यक्रममा उनले एमालेमा सिद्धान्त र व्यवहारको दृष्टिकोणले देशको सबैभन्दा अब्बल पार्टी रहेको बताएका हुन् ।
‘सिद्धान्त र विचारमा मात्रै होइन एमाले व्यवहारमा पनि उत्तिकै अब्बल छ, उनले भने,’पार्टीले अङ्गीकार गरेको जनताको बहुदलीय जनवाद मार्सवादको सृजनात्मक सृजनात्मक प्रयोग हो र विश्वका अन्य धेरै देशमा यसलाई अपनाउन थालिएको छ ।’ उनले पार्टीको सिद्धान्त र व्यवहार सही भएकोले नै अहिले एमाले देशको सबैभन्दा लोकप्रिय दलको रूपमा रहेको पनि बताए ।
‘एमाले जनताको मनमा बसेको पार्टी हो, उनले भने, गत संसदीय निर्वाचनमा विपक्षीहरूको गठबन्धनका बाबजुद जनताले एमालेलाई मत दिएर समानुपातिकतर्फ सबैभन्दा ठुलो दल बनाएका हुन् ।’