देश बनाउन राम्रो विचार र एजेण्डा लिएर नयाँ दल आए हामीलाई ठाउँ छोड्न गाह्रो छैन्ः प्रचण्ड
न्युजभित्तो/१८ असार २०८०, सोमबार १२:४०
काठमाडौँ,१८ असार। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश बनाउने एजेण्डा लिएर नयाँ दल आए ठाउँ छोड्न तयार रहेको बताएका छन् ।
गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा काठमाडौँमा भएको कार्यक्रममा उनले राम्रो विचार र एजेण्डासहित नागरिकको जीवनमा परिवर्तन ल्याउने विश्वासकासाथ आउनेलाई ठाउँ छोड्न गाह्रो नहुने बताएका हुन् ।
तर अहिलेको स्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरु नरहेको र अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याइँ गर्ने हो भने देशकै भविष्यमा दुर्घटनामा पर्ने उनले दाबी समेत गरेका छन् ।