सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राध्यापक, शिक्षक र विद्यार्थी कांग्रेस सदस्य हुन नपाउने व्यवस्थाका लागि छलफल गर्नुपर्छ: गगन थापा


  •    न्युजभित्तो/१३ असार २०८०, बुधबार १२:५९ 
  • काठमाडौं,१३ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलीयकरणले शिक्षा क्षेत्र तहसनहस भएको भन्दै प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य हुन नपाउने व्यवस्था गर्न पार्टीभित्र बहसको प्रस्ताव गरेका छन्। उनले प्राध्यापक, शिक्षक र विद्यार्थी पार्टी सदस्य नै हुन नपाउने व्यवस्थाका लागि छलफल गरिनुपर्ने बताए।

    ‘विद्यालय व्यवस्थापन समिति अध्यक्ष, क्याम्पस प्रमुख, उपकुलपतिलगायत कांग्रेस नै बनाउनुपर्नेरु,’ कांग्रेस काठमाडौं क्षेत्र नम्बर ४ को प्रथम क्षेत्रीय सम्मेलनमा थापाले भने, ‘एमालेले विभिन्न नाममा संगठन बनायो भनेर प्रतिस्पर्धामा हामीले पनि कांग्रेस बनाउनु पर्छ भन्ने होडमा शिक्षा क्षेत्र तहसनहस भयो, मानिसहरू त्यो कारणले गर्दा रिसाएका छन्।’

    थापाले राखेको यो प्रस्ताव पार्टीभित्र औपचारिक रूपमा छलफलमा प्रवेश पाइसकेको छैन। कांग्रेसले विगत ११ महिनादेखि केन्द्रीइ समिति बैठक नै राखेको छैन। त्रिभुवन विश्वविद्यालयलगायत कुनै पनि विश्वविद्यालयका प्राध्यापक अब कांग्रेसको ‍औपचारिक सदस्य बन्न नपाउने गरी छलफल अघि बढाउनुपर्ने उनले बताए।

    ‘पार्टीभित्र यो बहस किन नगर्नेरु, राम्रो पढाउने प्राध्यापक राजनीतिमा आउन चाहे राजीनामा दिएर आउन सक्छन्। यो पटक हाम्रो वडामा आएर वडाध्यक्ष, मेयर लडदिनुहोस भनेर भनौंला,’ उनले भने।

    विभिन्न पेशामा लागेका व्यक्तिहरू राजनीतिमा आउन चाहे उक्त पेशा छाडेर आउन सक्ने बाटो खुला नै रहेको उनले बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.