सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माओवादीले बोलायो केन्द्रीय समिति बैठक


  •    न्युजभित्तो/७ असार २०८०, बिहीबार १६:१५ 
  • काठमाडौँ,७ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा–प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको छ ।
    बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो । केन्द्रीय सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय सदस्य दुई सय दुई गरी माओवादीको केन्द्रीय समिति पाँच सय ८८ सदस्यीय रहेको छ । माओवादीमा तीन आयोग, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेश रहेका छन् ।
    माओवादीले भुक्तानी गर्नुपर्ने बक्यौता तथा लेबी समयमै पूरा गर्न मातहतका सङ्गठनलाई निर्देशन दिएको छ । लामो समयदेखि माओवादीको केन्द्रीय समिति बैठक बस्न सकेको छैन । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएपछि ‘भर्चुअल’ रुपमा केन्द्रीय समिति बैठक बसेको थियो ।
    यसअघि गत वर्ष असारमा केन्द्रीय समिति बैठक बसेको थियो । गत मङ्सिरमा सङ्घ र प्रदेशको निर्वाचन, नयाँ सरकार गठन, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका कारण बैठक बस्न नसकेको माओवादीले जनाएको छ ।
    “औपचारिक बैठक नबसेको लामो समय भएको थियो”, केन्द्रीय कार्यालयका सचिव उपाध्यायले भन्नुभयो, “तीन दिनसम्म चल्ने बैठकमा समग्र विषयमा समीक्षा हुनेछ ।”
    बैठकमा विचार मिल्ने राजनीतिक दलसँगको एकताका साथै नवगठित समाजवादी मोर्चाका सन्दर्भमा पनि छलफल हुने उहाँले जानकारी दिनुभयो । “पार्टीलाई प्रभावकारीरुपमा जनतासमक्ष जोड्नका लागि नयाँ अभियान र कार्ययोजना सञ्चालन गर्नेबारेमा पनि छलफल हुनेछ”, कार्यालय सचिव उपाध्यायले भन्नुभयो ।
    उहाँले पार्टी सदस्यता नवीकरण तथा व्यवस्थित गर्ने, कार्यविभाजनलाई टुङ्गो लगाउने विषयमा पनि बैठकमा छलफल हुने जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.