सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नागरिकताविहीन नागरिकलाई छिटो न्याय दिनुपर्नेमा सांसदको जोड


  •    न्युजभित्तो/३२ जेष्ठ २०८०, बिहीबार १३:१७ 
  • काठमाडौँ,३२ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले नागरिकताविहीन बनेका नेपालीलाई तत्काल नागरिकता प्राप्त गर्न न्यायलयले मार्ग प्रशस्त गरिदिनुपर्नेमा जोड दिनुभएको छ । बैठकको आकस्मिक समयमा उहाँहरुले नागरिकतासम्बन्धी विषयलाई न्यायालयले छिनो निरुपण गरिदिनुपर्ने बताउनुभयो ।

    नागरिकता नपाउँदा शिक्षा, रोजगारीलगायत आधारभूत अधिकारबाट वञ्चित भएको जनाउँदै उहाँहरुले सङ्घर्षमा उत्रिएका नागरिकताविहीन नागरिकका आवाज सुन्न सबै पक्षको ध्यानाकर्षण गराउनुभयो ।

    सांसद अब्दुल खानले नागरिकताविहीन नागरिकलाई तत्काल नागरिकता दिन सबैले पहल गर्नुपर्ने बताउनुभयो । “नागरिकताबाट वञ्चित भएका सन्तानले काठमाडौँलगायत देशैभर आत्मदाह गर्ने प्रयास गरिरहेका छन्, यो रोकिएन भने भोलि सामूहिक आत्मदाह गर्न सक्छन्, यसको जिम्मेवारी कसले लिने रु नेपाल सरकारले लिने कि न्यायालयले लिने रु”, उहाँले प्रश्न गर्नुभयो, “के नागरिकता माग्नु अपराध हो रु हामी नेपाली हौँ, नेपालमा बसोबास गर्ने नागरिक हौँ हामीलाई देशको नागरिकता चाहिएको छ भन्नु अपराध हो रु”

    सांसद रेखा यादवले नागरिकता विधेयकसम्बन्धी विषयलाई न्यायालयले छिनो निरुपण दिनुपर्ने बताउनभुयो । “यदि राज्य र न्यायालयले न्याय नदिने हो भने अबका युवा कहाँ जलान, कसरी बाँच्लान, यो देशमा कसरी रहलान्, यो देश रहनु छ भने युवालाई पनि सञ्चय गरेर राख्न सक्नुपर्छ, होइन भने यो देश कहाँ पुग्ला रु” उहाँले प्रश्न गर्नुभयो ।

    आफ्ना देशमा बस्ने नागरिकलाई अनागरिक बनाउन नहुनेमा जोड दिँदै उहाँले आफू नेपाली भएर नै उनीहरुले नागरिकता माग गरेका विषयलाई सबैले गम्भीररुपमा लिनुपर्ने बताउनुभयो ।

    सांसद डा अमरेशकुमार सिंहले आलु प्याजमा भ्याट लगाएर सरकारले गौरवशाली इतिहास कायम गरेको टिप्पणी गर्दै जनताको दैनिकीमा प्रत्यक्ष असर गर्ने यस्ता निर्णय तत्काल खारेज गर्न माग गर्नुभयो ।

    सर्लाहीमा किसानले घरमा पालेर बिक्री गरेको खसी बोकालाई भन्सार छलेर ल्याएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारको ध्यानाकर्षण गराउँदै सांसद सिंहले प्रहरीका यस्ता गतिविधिले सीमा क्षेत्रमा बसोबास गर्ने किसानलाई समस्या भएको बताउनुभयो । “किसान गरिबलाई कृषि तथा पशुपालनमा सरकारले प्रोत्साहन गरोस्”, उहाँले भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.