सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनतालाई झुठो आश्वासन दिएर अलमलमा पार्नु हुँदैनः प्रमुख दाहाल


  •    न्युजभित्तो/३१ जेष्ठ २०८०, बुधबार १६:१० 
  • चितवन,३१ जेठ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जनतालाई झुठो आश्वासन दिएर अलमलमा पार्न नहुने बताउनु भएको छ । भरतपुर १८ मा रहेको मुमला क्होइवो गुम्बाको उद्घाटन गर्दै प्रमुख दाहालले बोलेको कुरा पुरा नहुने भए किन आश्वासन दिने भन्दै प्रश्न गर्नुभयो ।

    ‘जनप्रतिनिधिले बोलेको कुरा पुरा गर्नुपर्छ’ उहाँले भन्नुभयो ‘हामी जे बोल्छौ, त्यो पुरा गर्छौ । पुरा नहुने कुरा गर्न हुन्न भन्ने मेरो मन्यता हो।’
    भरतपुरलाई यो कार्यकालमा देशकै नमुना पालिकाको रुपमा स्थापित गर्ने संकल्प पुरा गर्ने प्रमुख दाहालको भनाई छ । अबको ४ वर्ष कति पनि अलमल नगरी भरतपुरको विकासमा अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    भरतपुरको विकासबाहेक मन मस्तिष्कमा कुनै पनि ईच्छा चहाना नरहेको भन्दै प्रमुख दाहालले भरतपुरलाई अब हरियाली र सौन्दर्यकरण गर्नेतर्फ केन्द्रित रहेको उल्लेख गर्नुभयो । नारायणीमा अहिले ५ वटा प्याकेजमा भईरहेको तटबन्धनले तटिय क्षेत्रमा बसोबास गर्ने जनताको समस्यालाई दीर्घकालिन रुपमा समधान गर्ने उहाँले बताउनुभयो ।

    वर्षातको समयमा हुने बाढीको जोखिम अब सर्यौ वर्षसम्मको लागि अन्त्य भएको जिकिर गर्नुभयो । वितगको वर्षहरुमा बाढी आउँदा तटिय क्षेत्रका जनतालाई सुरक्षित स्थानमा कहाँ लैजाने भन्ने सस्ती हुने गरेकोले यस वर्षदेखि यो समस्या हटेको उहाँले बताउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बाबुराम राना मगरले भरतपुरको विकासको कार्यलाई अगाडि बढाउन सधै तत्पर रहने बताउनुभयो ।
    वडा अध्यक्ष मगरले आगमी योजनाहरु वडा तथा समग्र महानगरको आर्थिक वृद्धि गर्न सहयोग पुराउने धारणा राख्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.