सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारले थालेको जनपक्षीय कामबाट जनविरोधी अत्तालिएः प्रधानमन्त्री दाहाल


  •    न्युजभित्तो/३१ जेष्ठ २०८०, बुधबार ११:३६ 
  • काठमाडौँ,३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले जनताका पक्षमा लिएका सकारात्मक पहलबाट जनविरोधी अत्तालिएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रेस सेन्टर नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले सरकारले गरेका राम्रा कामको विरोध गर्नेको सशक्त प्रतिवाद जरुरी रहेको बताउनुभयो ।
    उहाँले भन्नुभयो, “जनतालाई प्रत्यक्ष सेवा दिने, विदेशमा गएका नेपालीका हक अधिकार सम्बोधन गर्ने, देशभित्र हिजोदेखि रहेका थुप्रै विकृति र विसङ्गति रोक्न भएका प्रयास, भारत भ्रमण गरिएका पहल र प्रयासले एउटा सकारात्मक स्थिति देखिन्छ । यसबाट प्रतिक्रियावादी प्रतिगामी शक्तिहरू अत्तालिएका छन् ।”
    प्रधानमन्त्री दाहालले जनविरोधी तत्वहरु एजेण्डविहीन बनेका र जनतामा नाङ्गिएको पनि बताउनुभयो । उहाँले राम्रो काम गरेर मात्रै नभई राम्रो काम राम्रो हो भनेर जनतालाई बुझाउने कुरा मुख्य भएको उल्लेख गर्नुभयो । उहाँले अप्ठ्यारो, जटिलता र धेरैखालका घेराबन्दीका बीचबाट लिइएको पहलबाट नै वर्तमान अवस्था आफूहरु बलियो बनेको बताउनुभयो ।
    प्रेस सेन्टर नेपालले विभिन्न १४ बुँदामा देश, जनता र श्रमजीवि पत्रकारले भोग्नुपरेका समस्याका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । सङ्गठनले संविधानले सुनिश्चित गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालगायत जनपक्षीय उपलब्धिहरू थप संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै त्यसका लागि परिवर्तनपक्षधर शक्तिहरुको एकता अपरिहार्य पनि भएको पत्रमा उल्लेख छ ।
    प्रेस सेन्टरले संविधान, संविधानप्रदत्त अधिकार तथा प्राप्त उपलब्धि रक्षाका लागि एक ठाउँमा उभिएका शक्तिबीचको एकतामा जोड दिएको छ । सेन्टरले विगतका कमजोरी सच्याउँदै आगामी दिनमा थप मजबुत बनाएर जनविरोधी शक्तिलाई परास्त गर्ने गरी वर्तमान सरकारले परिवर्तनकारी शक्तिसँग सहकार्य गर्ने विश्वास गरेको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.