पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग अध्यक्ष दाहाललाई कालोमोसो
न्युजभित्तो/३० जेष्ठ २०८०, मंगलवार ०७:५७
विराटनगर, ३० जेठ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई सोमबार नेपाल विद्यार्थी संघका विद्यार्थीहरुले कालोमोसो दलेका छन् । सोमबार आवासमा पुगेर उनीमाथि नेविसंघका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।
पूर्वाञ्चल विश्वविद्यालयभित्र देखिएको समस्या समाधान गर्न चासो नदेखाएपछि कालोमोसो दलिएको विद्यार्थी नेताले आरोप लगाएका छन् । सेवा आयोगबाट कर्मचारी नियुक्ति गर्न मनोमानी गरेको, पटकपटक औपचारिक रूपमा उठाएको माग सम्बोधन गर्न चासो नदेखाएपछि कालोमोसो दलेको विद्यार्थीहरुले बताएका छन् ।