सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओलीसहित अरु नेतामाथि आक्रमण भइरहँदा प्रहरी मौन बस्यो: भट्टराई


  •    न्युजभित्तो/२६ जेष्ठ २०८०, शुक्रबार १३:३२ 
  • काठमाण्डौं, २६ जेठ । नेकपा एमाले सांसद योगेश भट्टराइले कोशी प्रदेश नामाकरणपछि पहिचानवादी समूहले पार्टीका नेतालाई निशाना बनाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराइले कोशी प्रदेश नामाकरणपछि पहिचानवादी समूहले पार्टीका नेतालाई निशाना बनाएको भन्दै आपत्ति जनाएका हुन् ।

    उनले एमाले नेताहरूमाथि आक्रमण हुँदा प्रहरी मौन बसेको आरोप लगाए । एमालेमाथि पटकपटक आक्रमण भइरहेकोले स्वीकार्य नहुने भन्दै उनले गृहमन्त्रीसँग जवाफ मागे ।

    उनले भने, ‘प्रदेशको नाम हामीसँग सरोकारको विषय होइन । प्रदेशले नै राख्ने हो । कसैलाई नाम चित्त बुझेको छैन भने वैधानिकरूपमा दुईतिहाइ बहुमत ल्याएर नाम स्वीकार गरे हामीलाई स्वीकार्य छ । तर, देशलाई अराजतका र जातीय हिसाबले विभाजित गर्ने छुट कसैलाई छैन ।’

    पहिचानवादीको आन्दोलनमा सत्ताधारी दलका केही प्रतिनिधिले एमाले अध्यक्ष केपी ओलीसहित नेताहरूलाई आक्रमण गरेको भट्टराईको भनाइ थियो ।

    उनले प्रश्न गरे, ‘सत्ता पक्ष हामीसँग भिड्न आउन खोज्नुभएको हो ?’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.