नक्कली शरणार्थी प्रकरण : अब टोपबहादुर र बालकृष्णसहित ९ जनाको बयान लिन बाँकी
न्युजभित्तो/१७ जेष्ठ २०८०, बुधबार ११:१३
काठमाण्डौं, १७ जेठ । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १७ जनामध्ये ८ अभियुक्तको अदालती बयान सकिएको छ।
काठमाडौं जिल्ला अदालतले मंगलबार अभियुक्तहरू इन्द्रजित राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान लिएसँगै अदालतमा बयान दिनेको संख्या ८ पुगेको हो।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा यसअघि जेठ १४ गते सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टंक गुरुङको बयान लिइएको थियो। सुरुमा जेठ १२ गते अदालतले अभियुक्तहरू केशव दुलाल र सागर राईसँग बयान लिएको थियो।
अब पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित ९ जनासँग बयान लिन बाँकी छ। अदालतले बयान लिन बाँकी अन्यमा पूर्वसांसद आङटावा शेर्पा, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, शरणार्थी नेता टेकनाथ रिजाल, हज समितिका अध्यक्ष शमशेर मिया, सानु भण्डारी, रामशरण केसी र गोविन्द चौधरी छन्।
अदालतले पक्राउ परेका सत्रै जनाको बयान लिइसकेपछि थुनछेक बहस हुनेछ। जसबाट उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गर्ने वा कारागारबाहिरै राखेर मुद्दाको अनुसन्धान जारी राख्ने भन्ने निर्णय हुनेछ।