सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बालेनको सांसदलाई व्यंग : विकास कोष लिएर वडाध्यक्षको लेबलमा आउनुभयो


  •    न्युजभित्तो/१६ जेष्ठ २०८०, मंगलवार १२:०१ 
  • काठमाडौँ,१६ जेष्ठ। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सांसदहरु सांसद विकास कोषको पैसा लिएर वडाध्यक्षको लेबलमा आएको भन्दै व्यंग गरेका छन् ।

    आज मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयर शाहले सांसद विकास कोषबाट ५ करोड पाउने भएपछि बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आएको कटाक्ष गर्दै वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ? भनेर लेखेका छन् ।

    मेयर शाहले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा सांसद विकास कोष ब्युँताएपछि उक्त टिप्पणी गरेका हुन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले हिजो बजेट सार्वजनिक गर्दै सांसद विकास कोष अन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदहरुमार्फत् हरेक निर्वाचन क्षेत्रमा ५ करोड खर्च गर्न पाउने व्यवस्था गरेका छन् ।

    सांसद विकास कोषको रकम चरम दुरुपयोग भएको भन्दै नागरिकको गुनासो बढेपछि अघिल्ला अर्थमन्त्री विष्णु पौडेलले सांसद विकास कोष खारेज गरेका थिए । मेयर बालेनले सांसदहरुलाई व्यंग प्रहार गर्दै सरकारको उक्त कदमप्रति पनि अप्रत्यक्ष रुपमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

    उनले फेसबुकमा लेखेका छन् –‘सांसद विकास कोष पाउनु भएपछि बल्ल सांसदहरू वडा अध्यक्षको लेबलमा आउनु भयो । वडा अध्यक्षकै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरू ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.