सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेशम चौधरीलाई न्याय भएनः रवि लामिछाने


  •    न्युजभित्तो/१५ जेष्ठ २०८०, सोमबार १६:५१ 
  • काठमाण्डौं,१५ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कैद माफी भएर रिहा भएका नागरिक उन्मुक्ती पार्टीका संरक्षक रेशम चौधरीलाई न्याय नभएको प्रतिक्रिया दिएका छन्।

    संसद् भवन नयाँ बानेश्वरमा सोमबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट कैद माफी भएर छुट्दा चौधरी घटनामा दोषी प्रमाणित हुन पुगेको बताएका हुन्।

    ‘रेशम चौधरीले म निर्दोष छु भनेर दुई दिनअघिसम्म मलाई भनिरहनु भएको थियो। उहाँ निर्दोष हुनुहुन्छ होला भनेर हामी विश्वासमा थियौं। किनकि, हामीले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सदनमा आवाज उठाइरहेका थियौं,’ उनले भने, ‘अहिले त उहाँ निर्दोष भएर छुट्नु भएन नि, उहाँको जुन लडाइँ थियो, त्यो लडाइँ उहाँले जित्नु नै भएन। उहाँ त कैद मिनाहा भएर निस्कनु भयो। कैद मिनाहा हुनु भनेको निर्दोष हुनु होइन।’

    चौधरी निर्दोष नभइकन छुटेकोले थारू समुदायमाथि नै अन्याय भएको उनले बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.