प्रधानमन्त्रीको भारत भ्रमणमा सुटुक्क उर्जा व्यापार सम्झौता गर्ने तयारी गरिएको गोकुलको दावी
न्युजभित्तो/१५ जेष्ठ २०८०, सोमबार १२:२८
काठमाण्डौं, १५ जेठ । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सुटुक्क उर्जा व्यापार सम्झौता गर्न लागिएको भन्दै आपत्ति जनाएका छन् ।
आज एउटा ट्विटमा बास्कोटाले लेखेका छन्, ‘प्रमको भारत भ्रमणका क्रममा उर्जा व्यापार सम्झौता लामो समयका लागि गर्ने भित्री तयारी रहेछ । बिडम्बना, तालुकदार मन्त्रालयलाई नै गुमराहमा राखेर । सचिव जर्मनी, सहसचिव बंगलादेश छन् भन्ने सुनियो ।’
उनले संसद चालु रहेको अवस्थामा सरकारले त्यसबारे । संसदमै जानकारी र छलफल गराउनुपर्ने बताएका छन् । उनको प्रश्न छ, ‘सुटुक्क किन ?’