सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

संसदमा गगनले भने – शरणार्थी प्रकरणमा बार्दलीको मान्छेका साथै कसैलाई नछाडियोस्


  •    न्युजभित्तो/१० जेष्ठ २०८०, बुधबार १६:२० 
  • काठमाडौँ,१० जेष्ठ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका कसैलाई पनि छाड्न नहुने बताएका छन् ।

    आज बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै थापाले प्रतिकात्मक रुपमा संकेत गर्दै नक्कली शरणार्थी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीनिकट नाम मुछिएकालाई पनि छाड्न नहुने बताएका हुन् । उनले घरको या बार्दलीको जहाँसुकैको भए पनि छुट्न नहुने बताए ।

    उनले उक्त प्रकरणको सरकारले गरिरहेको अनुसन्धानमाथि प्रश्न समेत उठाएका छन् । उनले सो प्रकरणमा समाजका कोको परे, को को परेनन् भन्ने कुराले लाज पनि लजाउन थालेको बताए ।

    थापाले सरकारको नीति तथा कार्यक्रमबारे संसद्मा हुने छलफलको औचित्यमाथि नै प्रश्न उठाएका छन् । उनले नीति कार्यक्रम प्रधानमन्त्रीसँग भएको भिजन र त्यसको आधारमा नीति कार्यक्रम नबनेको जिकिर गरे ।

    थापाले नीति तथा कार्यक्रममा छलफल पनि यसैको आधारमा बजेट बन्ने जसरी बहस भइरहेको भन्दै उनले त्यो फरक भएको बताए । उनले सरकारले गरेको अनुसन्धानको प्रक्रिया फेयर भयो भने जनस्तरबाट वाहवाही हुने भन्दै उनले नत्र प्रश्न उठ्ने धारणा राखे ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.