सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नक्कली शरणार्थी प्रकरणमा परेका खाँड र रायमाझीलाई २० वर्ष बढी सजाय हुन सक्ने


  •    न्युजभित्तो/८ जेष्ठ २०८०, सोमबार १६:२९ 
  • काठमाडौं, ८ जेठ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्रीहरु बालकृष्ण खाँड र टोपबहादुर रायमाझीसहित अन्यलाई साढे २० वर्षको कैद सजाय मागदाबी हुने भएको छ ।

    प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयमा पेस गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजाय हुनेगरी मागदाबी लिएर अदालतमा मुद्दा दायर हुनुपर्ने राय दिइएको हो ।

    ३२ जनालाई प्रतिवादी बनाइनुपर्ने रायसहितको प्रतिवेदनमा आरोपीहरुविरुद्ध छुट्टाछुट्टै चार वटा मुद्दा लगाउनुपर्ने उल्लेख छ । जसमा ठगी, राष्ट्रहित प्रतिकुलको कसुर, कीर्ते र संगठित अपराको मुद्दा चलाउन प्रहरीले राय दिएको हो ।

    ठगी, कीर्ते र राष्ट्रहित प्रतिकुलको कसूरमा अलग अलग सजाय गर्दा जम्मा १९ वर्ष सजाय हुने र संगठित अपराध बापत थप ५० प्रतिशत सजाय हुँदा अधिकतम सजाय गरेको अवस्थामा साढे २८ वर्ष सजाय हुने देखिएको प्रहरीले बुझाएको रायमा उल्लेख छ ।

    तर, एकीकृत कसूरवापत थप सजाय गर्दा सबैभन्दा बढी सजाय हुने ठगीमा ७ वर्ष, त्यसपछि कीर्तेमा आधा ३.५ वर्ष, राष्ट्रहित प्रतिकुलको कसूरमा २.५ वर्ष गरी जम्मा १३ वर्ष हुने देखिन्छ । यही हेर्दा संगठित अपराध बापत थप ५० प्रतिशत हुँदा २०.५ वर्ष सजाय मात्र हुने प्रहरीको भनाइ छ । कानून बमोजिम सजाय मागदाबी गर्न सरकारी वकिलले अभियोगपत्र अदालतमा दर्ता गर्नुपर्ने हुन्छ । तर, सजाय निर्धारण गर्ने जिम्मेवारी न्यायाधीशको भएकाले यति नै सजाय हुन्छ भनेर अहिले नै भन्न सक्ने अवस्था छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.