सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रेशम चौधरीलाई गणतन्त्र दिवसमा ‘कैद माफी’ दिने तयारी


  •    न्युजभित्तो/८ जेष्ठ २०८०, सोमबार १४:३२ 
  • काठमाडौं, ८ जेठ । सर्वोच्च अदालतबाट समेत जन्मकैदको सजाय सदर भएका ‘थारु नेता’ रेशम चौधरीको रिहाइका लागि सरकारले प्रक्रिया सुरु गरेको छ। रेशम चौधरी रहेको डिल्लीबजार कारागारले कारगाार व्यवस्था विभाग हुँदै महान्यायाधिवक्ताको कार्यालयलाई केही दिन अघि पत्र लेखेको थियो। उक्त पत्रमा महान्यायाधिवक्ता कार्यालयले सोमबार जवाफ पठाएको छ।

    महान्यायाधिवक्ता कार्यालयको उच्च स्रोतका अनुसार चौधरीको हकमा सरकारी वकिलको कार्यालय उच्च अदालत दिपायलको फैसला स्वीकार गर्दै पुनरावेदन नगरेको जानकारी गराएको छ। त्यस्तै चौधरीलाई कैद छुट दिने बारेमा सिफारिस गर्न सक्ने गरी महान्यायाधिवक्ताको कार्यालयले बाटो खोलेको छ। चौधरीलाई हालै मात्र सर्वोच्चले जिल्ला र उच्चको फैसला सदर गर्ने फैसला सुनाएको र उक्त फैसलाको पूर्णपाठ हालसम्म तयार नभएको जवाफ सरकारी वकिलको कार्यालयले पठाएको छ।

    सर्वोच्चले जेठ १ गते चौधरीसहित टीकापुर घटनाका केही अभियुक्तहरुको सजाय सदर गर्ने फैसला सुनाएको थियो। सर्वोच्चले उक्त फैसला गरेपछि सरकारले मुद्दा फिर्ता लिने बाटो समाप्त भएको थियो। सरकारले केही समय अघि चौधरीलाई उन्मुक्ति दिनका लागि प्रतिनिधि सभामा केही नेपाल ऐन संशोधन गर्ने विधेयक दर्ता गराएको थियो। उक्त विधेयक संसद्‌मा पेस भए लगत्तै सर्वोच्चले चौधरीको हकमा जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले गरेको जन्मकैदको फैसला सदर हुने फैसला सुनाएको थियो।

    चौधरीलाई छुटाउने अन्य विकल्प सकिएपछि सरकारले उनलाई बाँकी कैद माफी दिने प्रक्रिया सुरु गरेको हो। सरकारले आगामी गणतन्त्र दिवसका दिन उनलाई राष्ट्रपतिबाट माफी दिने तयारी गरेको छ। जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर चौधरीलाई रिहाइ गर्ने सरकारको तयारी छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.