सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले अध्यक्ष ओलीले आजको संसदमा नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने


  •    न्युजभित्तो/७ जेष्ठ २०८०, आईतवार ११:५८ 
  • काठमाडौं,७ जेठ। सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भाग लिंदैछन् । यसअघि उनले जेठ ४ गते नै संसदमा सम्बोधन गर्ने भनिएको थियो । तर स्वास्थ्य समस्याका कारण सो दिन सम्बोधन नगरेका ओलीले आज सम्बोधन गर्न लागेका हुन् ।

    नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर अध्यक्ष ओलीले आजको प्रतिनिधि सभामा सम्बोधन गर्ने बताए । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै छ ।

    सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गरेका थिए ।

    एमाले संसदीय दलको शनिबार बसेको बैठकले सरकारको नीति तथा कार्यक्रमको सशक्त विरोध गर्ने निर्णय गरेको थियो । संसदीय दलका नेतासमेत रहेका अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको सशक्त प्रतिवाद गर्न एमाले नेताहरुलाई निर्देशन दिएका थिए । ओलीका अनुसार नीति तथा कार्यक्रम दिशाहीन र अन्योलग्रस्त छ ।

    आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । साथै नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु पनि प्रस्तुत हुनेछन् ।

    सभामुखले उपलब्ध गराउने समयसीमा भित्र रहेर दलगत रुपमा सांसदहरुले आ-आफ्ना धारणा राख्नेछन् । आर्थिक वर्ष २०८०र८१ नीति तथा कार्यक्रममाथि आजदेखि जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.