सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लडाकु शिविर प्रकरणमा म दोषी ठहरिए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

  •    न्युजभित्तो/४ जेष्ठ २०८०, बिहीबार १४:१५ 
  • काठमाडौँ,४ जेष्ठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू लडाकु शिविर प्रकरणमा दोषी ठहरिए जेल जान तयार रहेको घोषणा गरेका छन् । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

    आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा भएको प्रत्यक्ष सवाल-जवाफका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सचेतक समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले लडाकु शिविर प्रकरणको बारेमा राखेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    शाहीले वास्तविक संख्याभन्दा बढी लडाकु भर्ती गरेको भनेर प्रचण्ड आफैंले स्वीकारेको भिडियोबारे प्रश्न सोधेकोमा उनले प्रधानमन्त्रीलाई क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारबारे छानबिन गर्न पनि चुनौती दिए । शाहीको प्रश्नमा जवाफ दिँदै प्रचण्डले क्यान्टोनमेन्टमा भ्रष्टाचार भयो भन्ने आरोप आरोपमात्रै भएको जिकिर गरे ।

    प्रधानमन्त्री प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गर्दै सो विषयलाई राजनीतिक आग्रहका साथ उठाउने गरिएकोमा आफू आश्चर्यमा पर्ने गरेको समेत बताए ।

    उनले सो विषयमा कसैले उजुरी गरेर आवश्यक छानबिन गरेर गरेर दोषी प्रमाणित भए आफू जेल जान तयार रहेको उनले घोषणा गरे । उनले शान्ति सम्झौता भएर पूर्वजनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि योद्धाहरूको रासन पानीको निम्ति राज्यबाट दिइएको रकमको अडिट भएर हिसाब किताबको रेकर्ड राखिएको पनि स्मरण गरे ।

    संयुक्त राष्ट्रसङ्घीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा ४ हजार ८ अयोग्य लडाकु रहेका थिए । यसअघि २०७३ सालमा उनीहरुलाई २ लाख राहत दिने भनिए पनि अन्ततः रोकिएको थियो ।

    तत्कालीन शान्ति प्रक्रियाका समयमा माओवादी लडाकु शिविरमा १९ हजार लडाकु रहेका थिए त्यसमध्ये अनमिनको प्रमाणीकरणमा अयोग्य ठहर्याइएका ४ हजार ८ लडाकु बाहिरिएका थिए । १ हजार ४ सय जति लडाकु नेपाली सेनामा समायोजन भए भने बाँकी स्वेच्छिक अवकाशमा गएका थिए ।

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू लडाकु शिविर प्रकरणमा दोषी ठहरिए जेल जान तयार रहेको घोषणा गरेका छन् । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

    आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड र सांसदहरुबीच पहिलो पटक संसदमा भएको प्रत्यक्ष सवाल-जवाफका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सचेतक समेत रहेका सांसद ज्ञानेन्द्र शाहीले लडाकु शिविर प्रकरणको बारेमा राखेको प्रश्नको उत्तर दिने क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

    शाहीले वास्तविक संख्याभन्दा बढी लडाकु भर्ती गरेको भनेर प्रचण्ड आफैंले स्वीकारेको भिडियोबारे प्रश्न सोधेकोमा उनले प्रधानमन्त्रीलाई क्यान्टोनमेन्टमा भएको भ्रष्टाचारबारे छानबिन गर्न पनि चुनौती दिए । शाहीको प्रश्नमा जवाफ दिँदै प्रचण्डले क्यान्टोनमेन्टमा भ्रष्टाचार भयो भन्ने आरोप आरोपमात्रै भएको जिकिर गरे ।

    प्रधानमन्त्री प्रचण्डले माओवादी लडाकुलाई राखिएको क्यान्टोन्मेन्टमा भ्रष्टाचार भएको आरोप कपोलकल्पित र पूर्वाग्रही रहेको दाबी गर्दै सो विषयलाई राजनीतिक आग्रहका साथ उठाउने गरिएकोमा आफू आश्चर्यमा पर्ने गरेको समेत बताए ।

    उनले सो विषयमा कसैले उजुरी गरेर आवश्यक छानबिन गरेर गरेर दोषी प्रमाणित भए आफू जेल जान तयार रहेको उनले घोषणा गरे । उनले शान्ति सम्झौता भएर पूर्वजनमुक्ति सेनालाई राख्ने निर्णय भइसकेपछि योद्धाहरूको रासन पानीको निम्ति राज्यबाट दिइएको रकमको अडिट भएर हिसाब किताबको रेकर्ड राखिएको पनि स्मरण गरे ।

    संयुक्त राष्ट्रसङ्घीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा ४ हजार ८ अयोग्य लडाकु रहेका थिए । यसअघि २०७३ सालमा उनीहरुलाई २ लाख राहत दिने भनिए पनि अन्ततः रोकिएको थियो ।

    तत्कालीन शान्ति प्रक्रियाका समयमा माओवादी लडाकु शिविरमा १९ हजार लडाकु रहेका थिए त्यसमध्ये अनमिनको प्रमाणीकरणमा अयोग्य ठहर्याइएका ४ हजार ८ लडाकु बाहिरिएका थिए । १ हजार ४ सय जति लडाकु नेपाली सेनामा समायोजन भए भने बाँकी स्वेच्छिक अवकाशमा गएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  

    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.