राष्ट्रपति पौडेलले नै संसदमा सरकारको नीति तथा कार्यक्रम सवै प्रस्तुत गर्ने
न्युजभित्तो/३ जेष्ठ २०८०, बुधबार १५:४७
काठमाडौं,३ जेष्ठ। राष्ट्रपति रामचन्द्र पौडेलले नै सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने भएका छन् । राष्ट्रपति पौडेल पूर्ण रुपमा स्वस्थ नभइसकेकोले सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति वा प्रधानमन्त्री कसले प्रस्तुत गर्ने भन्ने अलमल भइरहेको समयमा अव राष्ट्रपति पौडेलले नै गर्ने निश्चित जस्तै भएको हो ।
राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले राष्ट्रपति पौडेलले नै संसदमा सरकारको नीति तथा कार्यक्रमको सवै प्रस्तुत गर्ने नेपालपत्रलाई जानकारी दिए । उनले भने, ‘राष्ट्रपतिज्यूले नै संसदमा सरकारको नीति तथा कार्यक्रम सवै प्रस्तुत गर्नुहुन्छ ।’
अस्वस्थ भएपछि भारतमा उपचार गराएर फर्किएपछि आराम गरिरहेका राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सक्ने हुन वा नसक्ने हुन भन्नेमा यसअघि दुविधा रहेको थियो ।
यसअघि राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्न सुरु गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकाउने तयारी गरिएको थियो । पर्सी जेठ ५ गते सरकारले संसदको दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ ।
यसअघि जेठ २ गते मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएर सरकारले आगामी वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम जेठ ५ गते ल्याउने तयारी गरेको हो ।