सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दासढुंगामा मदन–आश्रितप्रति श्रद्धासुमन


  •    न्युजभित्तो/३ जेष्ठ २०८०, बुधबार १०:०९ 
  • चितवन, ३ जेठ । जननेता तथा नेकपा (एमाले) का तत्कालिन महासचिव मदनकुमार भण्डारी र कुशल संगक तथा तत्कालिन संगठन विभाग प्रमुख जीवराज आश्रितको ३० औं स्मृति दिवसका अवसरमा आज दासढुंगामा श्रद्धासुमन व्यक्त गरियो । नेकपा (एमाले) चितवनले नेताद्वयको स्मृतिमा कार्यक्रम आयोजना गरेको हो ।

    सो अवसरमा नेकपा एमाले स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश ईञ्चार्ज काशिनाथ अधिकारीले मदन भण्डारीले प्रतिपादन गरेको “जनताको बहुदलीय जनवाद”लाई एमालेले प्रमुख कार्यदिसा बनाएर अघि बढेको चर्चा गर्दै यसबाट विचलित नहुने बताउनुभयो ।

    हाम्रो अभियानलाई अघि बढाउँदै गर्दै हाम्रा व्यवहार, आचरण, सक्रियतामा, पहलकदमीमा, जनताका सेवामा केही कमिहरु पनि रहेका भन्दै उहाँले भन्नुभयो “त्यो कुरालाई महसुस गर्दै यिनलाई सच्याउँदै अघि बढ्ने छौं । हामी मदन आश्रितले भने बमोजिमका परिवर्तनकारी, सच्चा कार्यकर्ता भएर समाजको अधुरो क्रान्तिलाई पूरा गरी छाड्नेछौं ।”

    परिवर्तनकारी यो लामो यात्रामा जस्तोसुकै चुनौती आएपनि त्यसको सामना गर्दै उकालो यात्रा नछाड्ने बताउँदै उहाँले भन्नुभयो “अनेकौं कष्टकर यात्रा पार गरेर आएका छौं, उकालीका कहर व्यहोर्दै आएका छौं, तिनलाई पार गरी छाडेका छौं । हाम्रो इतिहासले त्यो देखाउँदै आएको छ ।”

    उहाँले एमाले पार्टीलाई आउँदो पाँच वर्षभित्र नेपालको राजनीतिमा पहिले मात्रै होइन सर्वाधिक शक्तिका रुपमा स्थापिन हुने बताउनुभयो । उहाँले भन्नुभयो “यो अस्थिरताको दुस्चक्रबाट बाहिर निकाल्ने गरी राष्ट्रिय शक्तिका रुपमा एमाले आउने छ ।”

    कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवालीले पार्टीमा चौतर्फी आक्रमण भएको भन्दै मदन आश्रितको प्रेरणाले आक्रमणलाई परास्त गर्ने बताउनुभयो ।

    एमाले चितवनका उपाध्यक्ष कमल पाठकको अध्यक्षतामा भएको कार्यक्रम सचिव प्रकाश खनाल शैलेसले सञ्चालन गर्नुभएको थियो ।

    सो अवसरमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला स्तरका नेता कार्यकर्ताहरु, मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई लगायतका पदाधिकारी तथा सदस्यहरुले मदन आश्रितको प्रतिमामा फूलमाला चढाएर श्रद्धासुमन व्यक्त गर्नुभएको थियो ।

    २०५० साल जेठ ३ गते दासढुंगामा भएको रहस्यमय जीप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । जीप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जीप चालक अमर लामा भने जीवित थिए । लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.