सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिडिया ट्रायल भयो, अडियो नक्कली हो: डा.महत


  •    न्युजभित्तो/२ जेष्ठ २०८०, मंगलवार १३:४५ 
  • काठमाण्डौं, २ जेठ । कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा.आरजु राणा देउवा र नेतृ एवम् सांसद मन्जु खाणमाथि सोसल मिडिया र मिडिया ट्रायल भइरहेको आरोप लगाए । आज कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा डा.महतलाई शरणार्थी प्रकरणमा मुछिएका पार्टी केन्द्रीय सदस्य र मञ्जु खाणको अवस्था के हो?  भनी सोधिएको थियो । त्यसमा महतले कडा जवाफ दिए ।

    उनले भने, ‘को कहाँ छन्, कहाँ गए, के गरे भनेर पार्टीले फलो गर्ने कुरा भएन । उहाँहरुमाथि मिडिया ट्रायल भइराख्या छ । डा. आरजु आफैंले प्रतिरक्षा गरिराख्नुभएको छ । न उहाँ आरोपित हो न प्रमाणित छ ।’

    आरजु र मञ्जुको बारेमा बोलिएको अडियो नक्कली भएको महतले दाबी गरे ।

    उनले भने, ‘यस्तो आयो भनेर सामाजिक सञ्जालमा र मिडिया ट्रायल गरेर दोषी हो भन्नु भएन । यसमा कांग्रेसको गम्भीर ध्यानाकर्र्षण भएको छ । आरजु आफैंले साइबर ब्युरोमा नक्कली हो भनेर निवेदन दिनुभएको छ । छानबिन होस् भन्नुभएको छ । पहिल्यै यस्तो उस्तो भनेर सामाजिक सञ्जाल लगायत मिडियामा दोषीजसरी प्रस्तुत गनु राम्रो कुरा भएन । यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ । हामीलाई पूरा विश्वास छ । अडियो प्रकरण झूटो र नक्कली हो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.