सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आरजुको गुनासो– मेरो चरित्र हत्या मात्र हैन, चरित्रको बलात्कार नै भयो !


  •    न्युजभित्तो/१ जेष्ठ २०८०, सोमबार १६:३६ 
  • काठमाण्डौं, १ जेठ ।  नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो चरित्र हत्या गरिएको गुनासो गरेकी छिन् । उनले शरणार्थी प्रकरण देशका लागि नै लज्जाको विषय भएको बताइन् । सोमवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस सांसद देउवाले आफ्नो नाममा बनाइएको अडियो टेपको वास्तविकता ६ दिनसम्म पत्ता लगाउन नसकेको भन्दै प्रहरीको ध्यानाकर्षण गराइन् ।

    ‘आज म उपस्थित भएको सबैले देख्नुभएको होला । फिजिकल फर्ममै छु । यहाँबाट के भन्न चाहन्छु भने हाम्रो देशमा फेक न्युज र फेक मिडियाको पराकाष्ठा रहेछ । यो देख्दा के लाग्यो भने फेक मिडियामा सरकारको सुपरभिजन हुनुपर्‍यो,’ आरजुले भनिन् ।

    सामाजिक सञ्जालहरूमा आरजु फरार भन्ने खालका सन्देश आएपछि उनले आफू संसदमा सशरीर उपस्थित भएको बताएकी हुन् । शरणार्थी प्रकरणको भनिएको अडियोमा अरूको पनि सार्वजनिक भएकोमा आफ्नो मात्र नाम उच्चारण गरिएको भन्दै उनले आक्रोश पोखिन् ।

    ‘६ दिन अगाडि मेरो नाम भनेर ल्याइएको शरणार्थीको फेक अडियो फरेन्सिक जाँचका लागि लागि सीआईबी र साइबर क्राइम सेल (साइबर ब्यूरो)मा दिएको थिएँ । दर्ता गर्न पनि मानिएको थिएन । साथीहरूले विश्वास गर्नुहुन्न होला सत्तापक्षको ठूलो नेताको श्रीमती भनेर (दर्ता गर्न मानिएको थिएन) । तीन घण्टा लाग्यो दर्ता गराउन । किन अलमल थियो रु ६ दिनसम्म फेक हो कि होइन किन बताउन सकेको छैन ? म त आतुर छु,’ उनले भनिन्, ‘फेक अडियो टेपको सत्यतथ्य छिट्टै आओस् । फेक अडियो अरूको पनि बनेको छ, तर नाम मेरो मात्र उच्चारण हुन्छ । साँच्चै भन्ने हो भने यो चरित्र हत्या मात्र होइन चरित्रमाथि बलात्कार हो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.