सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नक्कली शरणार्थी प्रकरणः गिरोहलाई भेटेको बालकृष्ण खाँणको स्वीकारोक्ति


  •    न्युजभित्तो/३१ बैशाख २०८०, आईतवार १२:२८ 
  • काठमाडौैं, ३१ वैशाख । मानव बेचबिखन गिरोहसँग पूर्वमन्त्री बालकृष्ण खाँणको प्रत्यक्ष सम्पर्क रहेको पनि थप तथ्य खुलेका छन् । बयान तथा अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणअनुसार गिरोहको योजनाबमोजिम काम गर्ने गरी सचिव टेकनारायण पाण्डेको अग्रसरतामा तत्कालीन गृहमन्त्री खाँण र गिरोहबीच सम्पर्क स्थापित भएको थियो । केशव दुलाललाई मन्त्री खाँणसँग भेटाएपछि सचिव पाण्डेले गिरोहका अर्का सदस्य सानु भण्डारीलाई म्यासेज गरी भनेका थिए, ‘मन्त्रीसँग सबै कुरा भएको छ, काम अघि बढ्ने भयो ।’ यो तथ्य सचिव पाण्डेकै मोबाइलबाट प्रहरीले फेला पारेको छ । गिरोहका नाइकेहरूसँग भेटेको खाँणले प्रहरीसँग स्विकारेका छन् । सरकारी वकिलको रोहबरमा आइतबार बयान लिने प्रहरीको तयारी छ ।

    पक्राउ पर्नुअघि पाण्डेले जस्तै खाँणले पनि मोबाइल फर्म्याट (खाली) गराएका थिए । पाण्डेको मोबाइलका ‘डेटा रिकभर’ भइसकेका छन् भने खाँणको मोबाइल प्रयोगशालामा पठाइएको प्रहरी भनाइ छ । ‘अहिलेसम्मको सोधपुछ र प्रारम्भिक बयानमा उहाँ (खाँणंं) ले गिरोहका सदस्यसँग भेटेको स्वीकार गर्नुभएको छ । त्यसलाई पुष्टि गर्ने विवरण सचिव र अरू आरोपित तथा प्राविधिक अनुसन्धानबाट पनि प्राप्त भएका छन्,’ प्रहरी अधिकारीले भने, ‘अब मोबाइलबाट भेटिने प्रमाण अनि बयानबाट के–कस्तो खुल्छ, त्यो बाँकी छ ।’

    पाण्डे गृह सचिव भएर आएबाटै बिचौलियासँगको साँठगाँठमा गृहले नक्कली शरणार्थीको फाइल अघि बढाएको थियो । योजनाअनुसार पाण्डेले २०७८ असोज १४ मा झापा प्रशासनलाई शरणार्थीको लगत संकलनसहितको काममा खटाएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.