सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मैले नक्कली शरणार्थी प्रकरणमा एक पैसा खाएको छैनः आरजु


  •    न्युजभित्तो/३१ बैशाख २०८०, आईतवार ११:४७ 
  • काठमाडौैं,३१ वैशाख । सांसद तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेकी छन् । हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नमा प्रस्तोता राजेन्द्र बानियाँसँग कुराकानी गर्दै आरजुले आफ्नो कुनै संलग्नता नरहेको जिकिर गरेकी हुन् ।

    उनले आफूले कसैबाट रकम बुझेको पुष्टि गर्न पनि उनले चुनौती दिइन् । तपाईँलाई पनि नक्कली भुटानी शरणार्थीको लहरो तानेर पुग्ने ठाउँ चाहिँ आरजु कहाँ नै हो आज वा भोलि, कि तपाई भाग्नुपर्छ कि त जेल जानुपर्छ भनिन्छ नि ? भन्ने प्रश्नमा डा. आरजुको जवाफ छ, ‘हेर्नुस् एउटा मान्छे मलाई देखाउनुस् आरजु देउवालाई पैसा दिएर काम गराएँ भनेर भनेको मान्छे देखाउनुस् म मान्छु ।’काठमाडौैं, ३१ वैशाख ।

    पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा पत्नीसमेत रहकी आरजुले छोरा जयवीर देउवाको कसम खाएरै नक्कली शरणार्थी प्रकरणमा एक पैसा पनि खाएको स्पष्टीकरण दिइन् । उनले भनिन्, ‘मेरो आत्मा होइन छोराकै कसम खाएर भन्छु कि मैले यो गरेको छैन ।’ प्रस्तोता बानियाँले एकचोटी भन्नुस् त कि ‘म मेरो छोरा जयवीरको कसम खाएर भन्छु नक्कली शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन ।’ भनी सोध्दा आरजुले फेरि भनिन्, ‘म मेरो छोरो जयवीरको कसम खाएर भन्छु नक्कली शरणार्थी प्रकरणमा एक पैसा खाएको छैन ।’

    दुई करोड बुझेको भन्ने प्रश्नको डा. आरजुले खण्डन गरिन् । ‘अडिओ फेक हो । के मेरो मात्रै अडिओ आएको छ ? अरू अडिओ सुन्नु भएको छैन ? मञ्जु खाँणको बारेमा मलाई थाहा छैन ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.