सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भुटानी शरणार्थी प्रकरणमा जस्तोसुकै दबाब आए पनि ब्याक हुन्न: प्रधानमन्त्री प्रचण्ड


  •    न्युजभित्तो/३१ बैशाख २०८०, आईतवार ११:३९ 
  • काठमाडौैं,३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तोसुकै दबाब आए पनि अब ब्याक नहुने प्रतिबद्धता जनाएका छन् । सो प्रकरणमा सत्यतथ्य छानीबन गर्न माग गर्दै ज्ञापनपत्र बुझाउन आएका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको टोलीसँग प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

    ज्ञापनपत्र बुझाएपछि प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै अध्यक्ष लिङ्देनले भने, ‘नेपालको मात्रै होइन अन्तर्राष्ट्रिय जगतको समेत चासोको विषय बनिसकेको छ । त्यसैले यो विषयबाट ब्याक हुन मिल्दैन । हुँदैनौं ।’

    उनले यो छानबिनको क्रममा कुनै दबाब नपर्न सरकारलाई आग्रह गरेकोसमेत बताए । ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्रीसँग उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १२ जना पक्राउ परिसकेका छन् । एमाले सचिव तथा सांसद टोपबहादुर रायमाझी फरार छन् । हाइ(प्रोफाइल व्यक्तिहरु पनि मुछिएकाले प्रधानमन्त्रीलाई आफूहरुले कुनै दबाब नपरी छानबिन अघि बढाउन माग गरेको अध्यक्ष लिङ्देनले बताए ।

    सरकारले गरेको राम्रो काममा आफूहरुको साथ रहने उनको भनाइ छ । अध्यक्ष लिङ्देनले कुनै भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताउँदै सबै ठूल्ठूला भ्रष्टाचार काण्डका फाइलहरु पनि खोलिनुपर्ने बताए ।

    २०४६ पछिका सबै उच्चपदस्थ नेता कर्मचारीको सम्पत्ति छानबिन गरी अवैध सम्पत्ति जफत गरेर भविष्यमा कसैले पनि भ्रष्टाचार गर्ने आँट गर्न नसक्ने वातावरण बताउनुपर्ने उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.