सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिआइबीले टोपबहादुरको पत्र सचिवालयसम्म पुर्‍याउने व्यक्तिलाई सिसिटिभीबाट पहिचान गर्दै


  •    न्युजभित्तो/२९ बैशाख २०८०, शुक्रबार १६:४२ 
  • काठमाण्डौं,२९ वैशाख। नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार सांसद टोपबहादुर रायमाझीको खोजी नेपाल प्रहरीले तीव्र पारेको छ।  फरार सांसदसम्म पुग्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले रायमाझीको पत्र संसद् सचिवालयसम्म पुग्ने व्यक्तिको खोजी सुरु गरेको छ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रायमाझीले वैशाख २५ गते संसद् सचिवालयमा आफू बिरामी भएर संसदमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए ।​ सोही पत्र बोकेर आउने व्यक्तिको खोजी सुरु गरिएको हो।

    रायमाझीको पत्र बोकेर आउने व्यक्ति पत्ता लगाउन सिआइबीले आज सिंहदरबारस्थित संसद् सचिवालयबाट आज सिसिटिभी फुटेज संकलन गरेको छ। प्रहरीले खोजी गरिरहेको अवस्थामा रायमाझीको पत्र संसद् सचिवालयमा आएपछि सिआइबीले सचिवालयलाई सहयोगका लागि अनुरोधसहितको पत्र पठाएको थियो।

    सोहीअनुसार सभामुखको कार्यकक्ष आसपासको सिसिटिभी सिआइबीलाई उपलब्ध गराइएको संसद सचिवालका सह प्रवक्ता दशरथ धमलाले जानकारी दिए।

    यस प्रकरणमा रायमाझीसहित अन्य १० भन्दा बढी व्यक्तिहरुमाथि अनुसन्धान र खोजी भइरहेको प्रहरीले जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.