सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मञ्जु खाँण अझै गायब, हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न आइनन्


  •    न्युजभित्तो/२९ बैशाख २०८०, शुक्रबार १३:५२ 
  • काठमाण्डौं, २९ वैशाख । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेको दुई दिन हुन लागेको छ। तर उनकी पत्नी मञ्जु खाँण अझै पनि उनलाई भेट्न पुगेकी छैनन्। बालकृष्ण पक्राउ पुर्नअघि नै गायब भएकी उनी मोबाइल फोन बन्द गरेर सम्पर्कविहीन भएकी हुन्। नेपाली कांग्रेसकी समानुपातिक सांसदसमेत रहेकी उनी संसदमा जारी सरकारका सिद्धान्त तथा नीतिमाथिको बहसमा सहभागी हुन पनि गएकी छैनन्।

    उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसी नेतृत्वको टोलीले बालकृष्णलाई चाबहिलस्थित मैजुबहालमा रहेको निवासबाट पक्राउ गर्दा मञ्जु त्यहाँ थिइनन्। बरु प्रहरीले पक्राउ गर्नुअघि बालकृष्ण फोनमा व्यस्त थिए। अर्थात् मंगलबार नै पक्राउ पर्ने संकेत पाइसकेका बालकृष्ण र मञ्जु मैजुबहालमा सँगै थिएनन्। श्रीमान्लाई प्रहरीले हिरासतमा थुनिरहँदा नक्कली शरणार्थी प्रकरणमा जोडिएकी मञ्जुको लोकेशनबारे प्रहरीले अहिलेसम्म केही खुलाएको छैन।

    मञ्जुले साढे ६ करोड र कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले २ करोड बुझेको अडिओ आइसकेको छ। उक्त अडिओबारेमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। करिब २० मिनेटको भनिएको उक्त अडिओको वास्तविकतामाथि प्रहरीले छानबिन गरिरहेको छ। काठमाडौं परिसरको हिरासतमा थुनिएका बालकृष्णलाई भेट्न बुधबारै उनका परिवारका अन्य सदस्य टेकुस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगे।

    बालकृष्णका दाजुभाउजु बुधबार नै काठमाडौं परिसर पुगे। उनीहरुले बुधबार र बिहीबार दुवै दिन बालकृष्णका लागि खाना लिएर पुगेका थिए।
    त्यसैगरी रुपन्देहीको तिलोत्तमा नगरपालिकाका मेयरसमेत रहेका भाइ रामकृष्ण पनि बालकृष्णलाई भेट्न काठमाडौं आइसकेका छन्।

    बुधबारदेखि नै नातेदार, कार्यकर्ता र शुभेच्छुकहरु बुधबारदेखि नै परिसरमा जम्मा भएका थिए। बिहीबार पनि बिहानैदेखि उनीहरुको भीड परिसरमा थियो। तर मञ्जु दुवै दिन त्यहाँ देखिइनन्। पक्राउ परेदेखि प्रहरीले बालकृष्णलाई मोबाइल फोन प्रयोग गर्न दिएको छैन। उनलाई अन्य थुनुवासँग राखिएको छैन। प्रहरीले अरुलाई जसरी हत्कडी पनि लगाएको छैन।

    तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको बयानका आधारमा पक्राउ परेका बालकृष्णले नक्कली शरणार्थी प्रकरणमा रकम लेनदेन गरेको प्रमाण भेटिएको जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.