सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै


  •    न्युजभित्तो/२८ बैशाख २०८०, बिहीबार १२:३४ 
  • काठमाडौ,२८ बैशाख। सत्तारुढ दल नेपाली कांग्रेसको पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक आज बस्दै छ । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो २ बजे कांग्रेसको पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक बस्ने भएको हो ।

    काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेबारे निर्णय गर्न कांग्रेसको पूर्वपदाधिकारीसहितको पदाधिकारीको बैठक बस्न लागेको हो ।

    हिजो बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले आजका लागि पूर्वपदाधिकारीसहितको पदाधिकारी बैठक बोलाएको हो । हिजो बुधबार बसेको कांग्रेस पदाधिकारीको बैठकमा पूर्वपदाधिकारीमा प्रकाशमान सिंह मात्र सहभागी थिए ।

    आज बैठकमा नक्कली शरणार्थी प्रकरणलगायत विषयमा छलफल हुनेछ । बुधबारको बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्न प्रस्ताव गरेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.