सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले केन्द्रीय कमिटी बैठक सुरु,अध्यक्ष ओलीलेसहित छुट्टाछुट्टै १३ वटा प्रतिवेदन पेश गर्ने


  •    न्युजभित्तो/२८ बैशाख २०८०, बिहीबार ११:५१ 
  • काठमाडौं,२८ वैशाख । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीलेसहित छुट्टाछुट्टै १३ वटा प्रतिवेदन पेश हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने ग्रासरुट अभियान अन्र्तगत नौ वटा प्रतिवेदन पेस हुनेछन् ।
    मिसन ग्रासरुट अभियानका लागि सातै प्रदेशमा एमालेले गठन गरेको अभियानका प्रदेश सयोजक रहेका पार्टी सचिवहरुले आ–आफ्ना प्रदेशको प्रतिवेदन पेस गर्नेछन् ।

    त्यसबाहेक २ वटा प्रतिवेदन गैरभौगोलिक प्रदेश कमिटीका तर्फबाट पनि पेस हुने एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोगले पनि छुट्टाछुट्टै प्रतिवेदनहरु पेस गर्ने कार्यसूची रहेको छ । वैशाख ३० गते तीन दिनसम्म सञ्चालन हुने बैठकमा विभिन्न १० वटा कार्यसूचीमा छलफल हुने एमाले केन्द्रीय सदस्य नीरज आचार्यले जानकारी दिए ।

    आचार्यका अनुसार सबै प्रतिवेदनमाथि समूहगत छलफल हुनेछ । सोही छलफलबाट प्रदेशहरुको कार्ययोजना निर्माण गरिने छ । एमाले केन्द्रीय कमिटीमा ३३५ (दुई निलम्वित) सदस्य, ४ जना केन्द्रिय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष (दुई गैरभौगोलिक) हरु सहभागी हुनेछन् । बैठकले प्रदेशहरुको कार्ययोजना, केन्द्रीय सदस्यहरुको कार्यविभाजन र पार्टी प्रवेशीहरुको व्यवस्थापनबारे निर्णय गर्ने एमालेले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.