नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सांसद आरजु राणा देउवा र मञ्जुले साढे दुई करोड र ६ करोड रकम लिएको अडियो सार्वजनिक
न्युजभित्तो/२४ बैशाख २०८०, आईतवार १६:४५
काठमाण्डौं,२४ वैशाख। नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस सांसद आरजु राणा देउवा र मञ्जु खाणसमेत तानिने देखिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणा र गृहमन्त्री बालकृष्ण खाणकी श्रीमती मञ्जुले साढे दुई करोड र ६ करोड रकम लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ।
उनीहरूले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै पैसा उठाउने गिरोहसँग साढे आठ करोड लिएको दाबीसहितको अडियो सार्वजनिक भएको हो । अडियोमा सरुवाबारे असन्तुष्ट एक व्यक्तिसँग भएको कुराकानी सुनिन्छ । अडियोमा कुरा गर्ने दुवै व्यक्तिको पहिचान नभए पनि प्रसंग नक्कली भुटानी शरणार्थीको भएको प्रस्ट बुझिन्छ ।
अनावश्यक रूपमा सरुवा गरेर पैसा लिन खोजेको, दुहुनो गाई बनाएको भन्दै एक व्यक्तिले भनेका छन्, ‘आरजु राणालाई साढे दुई करोड गृहमन्त्री बालकृष्ण खाणका लागि मञ्जु खाणलाई हनुमानथानको घरमा ६ करोड बुझाएकै हो । प्रमाण छ नि मसँग ।’
अडियोमा दाबी गरिए अनुसारै काठमाडौंको हनुमानथानमा खाणको घर छ । बालकृष्ण मैजुवहालमा डेरामा समेत बस्ने गरेका छन् । अडियो टिकटकबाट सार्वजनिक भएको हो । यो प्रकरणमा आफ्नो नाम तानिएपछि शनिबार बालकृष्ण खाणले प्रेस विज्ञप्ति निकाल्दै खण्डन गरेका थिए। यही प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा बादलको छोरा प्रतीक अनि पूर्वमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी फरार छन् । अन्य आठ जना हिरासतमा छन् । हिरासतमा रहेकामा खाणको पालामा गृह सचिव रहेका पाण्डेसम्म छन् ।