दोषीलाई जोगाउन पटक पटक सिंहदरबार धाउनेको दबाबमा सरकार झुक्नु हुँदैनः नेपाल
न्युजभित्तो/२४ बैशाख २०८०, आईतवार १४:२०
काठमाण्डौं, २४ वैशाख। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन्।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै संलग्न साना ठूला सबैलाई कारबाही गर्नुपर्ने बताए।
उनले एमाले सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि अध्यक्ष केपी शर्मा ओलीको दौडधूपलाई संकेत गर्दै भने, ‘सरकारले घटनामा संलग्न दोषीलाई बचाउन आउने उच्च दबाब सामु कुनै पनि हालतमा झुक्नु हुँदैन। बदमासी गर्ने जोसुकै भए पनि तिनीहरूलाई कानुनको दायरामा ल्याएको सजायको भागिदार बनाउनु नै पर्छ।’